काठमाडौं, साउन १०- ईचंगुनारायण-६ सानोभर्याङस्थित सडकमा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले एक गृहिणीको सिक्री दिउँसै लुटेका छन्। काठमाडौं सामाखुशी बस्ने गोरखा घर भएकी ५२ वर्षीया शान्ता अधिकारीले लगाएको अन्दाजी २ तोलाको सुनको सिक्री आइतबार दिउँसो १ बजे जर्बजस्ती लुटी फरार भएका हुन्। लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। त्यसैगरी शेषनारायण-४ स्थित किरण कुमार ढुङगानाको घरबाट आइतबार दिउँसो नगद, सुन र चाँदीका विभिन्न गरगहना गरी अन्दाजी १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सितापाइला-१ स्थित प्रेशा मल्लको घरबाट साउन ८ गते साँझ मुलगेटको ढोका फोडी सुनका गरगहना गरी १ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरहरुको खोजी गर्नुको साथै यी घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
source:- नागरिक









0 commentaires