खुकुरी प्रहारबाट २ घाइते, दुर्घटनामा एकको मृत्यु

साउन १० -  मोरङ  उर्लाबारी-१ मा सोमबार राति साढे ९ बजे एक समुहको आक्रमणमा स्थानीय २१ वर्षीय प्रकाश कटुवाल गम्भिर घाइते भएका छन् । खुकुरीले दाहिने कोखा र हातमा काटिएका कटुवालको अवस्था गम्भिर रहेको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहारमा संलग्न स्थानीय पन्चु चौधरीसहित ६ जनालाई रातिनै पक्राउ गरिएको प्रहरीले बताएको छ । यसैगरि विराटनगर-१२ स्थित शान्ति चोकमा सोमबार राति १२ बजे एक समुहले रिक्सा चालकलाई खुकुरी प्रहार गरी केही रकम लुटेर लगेको छ । विराटनगर-१ निवासी रिक्सा चालक ४५ वर्षीय राजु सहनीलाई दुइ जनाले नियन्त्रणमा लिएर खुकुरी प्रहार गरेका थिए । गम्भिर घाइते सहनीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न समुहको खोजी भई रहेको मोरङ प्रहरीले बताएको छ ।


source:-पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login