हतियार देखाएर यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमाथि कारवाहीको माग

भैरहवा, श्रावण १० - हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी गर्दै सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी युवतीले एकजना प्रहरीमाथि कारवाहीको माग गरेकी छन् ।   रुपन्देहीको गोनाहा–३ खजुरीया घर भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार अवधेश यादवले यौन दुर्व्यहार गरेको दावी गर्दै निसा खान (नाम परिवर्तन) ले कारवाहीको माग गरेकी हुन् ।  खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।  बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।  यादव लामो समयदेखि रुपन्देहीमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका प्रहरी हुन् । घुमुवा छँदा अवैध कारोवार गर्नेसंग अवैध असुली गर्ने गरेको आरोप यादवमाथि लाग्दै आएको थियो । प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले यस घटनाबारे प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए ।   



Source:Kantipurnews   
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login