इटहरी साउन १० - इटहरी नगरपालिकाले आर्थिक बर्ष २०६८/०६९ लागि आज बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । यस आर्थिक बर्षका लागि इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद दाहालले कुल १० करोड ३८ लाख ३३ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले पुँजिगत खर्च तर्फ ८ करोड ८३ लाख १० हजार र प्रशासनिक तर्फ १ करोड ८२ लाख ८५ हजार रुपैया विनियोजन गरेको छ । नगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकासका लागि २ करोड ३४ लाख १३ हजार ८ सय रुपैयाँ छुट्याएको छ । त्यस्तै सामाजिक विकास तर्फ १ करोड ३९ लाख ६८ हजार छुट्याएको छ । तिब्र रुपमा विकास भैरहेको इटहरी नगरपालिकाले नगरको विकासका लागि गएको आर्थिक बर्षका कार्यक्रमलाई चालु अर्थिक बर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ । बजेट तथा नीति सार्वजनिक कार्यकममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानिय विकास अधिकारी कृष्णराज सापकोटा, धरान नगरपालिकाका कार्यकारी अधिकृत टिका दत्त राई लगायत सरकारी कार्यलयका प्रमुख राजनीतिक दलका स्थानिय प्रतिनिधि, उद्योग बाणिज्य महासंघ, स्थानिय संधसंस्थाका प्रतिनिधिको सहभागीता थियो । कृष्ण
source:-पूर्वेली टाईम्स










0 commentaires