घर भत्किदा एकै परिवारका सात घाइते

दिलवहादुर छत्याल, धनगढी, असार,२६- अविरल वर्षाका कारण घर भत्किदा बाजुरामा मार्तडी-६ रापकमा एकै परिवारका सात जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर कुँवरका अनुसार शनिबार राति ११ बजेतिर निर्माणाधीन घर भत्कदाँ गोठमा सुतिरहेका ७ जना घाइते भएका हुन्।    माथिल्लो तला निर्माण भइरहेको घरको गोठमा सुतेका बेला वर्षाले घर भत्केर ७ जना च्यापिएको उनले बताए।  घाइते हुनेमा ५२ वर्षीया गदडी उखेडा,४५ वर्षीया खिजी उखेडा,१५ वर्षीया विस्ना उखेडा १४ वर्षीया कल्पना उखेडा, १३ वर्षीया कञ्चन उखेडा, मावली घरमा बस्दै गरेकी ११ वर्षीया दीपा विक र १० वर्षीय वीरेन्द्र उखेडा रहेका छन्। घाइतेको उपचार जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा भइरहेको छ।  घाइतेमध्ये गम्भीर घाइते भएकी खिजी उखेडालाई जिल्लाबाट अन्यत्र रेफर गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए। मार्तडी-८ स्थायी घर भएका उखेडा परिवार मार्तडी-६ रापकमा एक्लो रहेको निर्माणाधीन घर बस्ने भएकाले घटनाको ढिला जानकारी पाएको स्थानिय प्रेम विकले बताए। घटना स्थल जिल्ला सदरमुकाम मार्तडीबाट एक घण्टाको दुरीमा छ। निर्माणधीन अवस्थामा रहेको घर भत्किदा गत सातामात्र बाजुराको बाह्रविसमा एक जना ४ वर्षीया बालकको मृत्यु थियो।  बाजुरामा वर्षातले घर भत्किदाँ र पहिरोले च्यापिदाँ असार महिनामा मात्र ३ जनाको मृत्यु भयसकेको प्रजिअ कुँवरले बताए।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login