'बोका चोरीको आरोप खप्न नसक्दा मगर परिवारको हत्या'

उदयपुर, अषाढ २७ - बोका चोरको आरोप लगाउदाँ खप्न नसकेर स्थानीय ३५ बर्षीय ललितकुमार राईले ठानागाउँ - ५ थुम्कीका एकै परिवारका चारको हत्या गरेको रहस्य खुलेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले सोमबार पत्रकार सम्मेलन गरि केशरबहादुर मगर, उनकी पत्नी हर्कमाया, छोरीहरु रन्जु र प्रेमी हत्याको चोरको आरोप खप्न नसकेर ललितकुमारले गरेका वताए । करिव चार बर्षअघि केशरबहादुरको बोका चोरी गरेर ललितकुमारले लगेका थिए ।  बोका चोरी गरेपछि स्थानीयले ललितकुमारलाई १४ सय रुपैयाँ जरिवाना गराएको प्रहरी नायाव उपरिक्षक उप्रेतीले वताए । जरिवाना तिरेपछिपनि केशरबहादुरले पटक पटक चोरको आपरोप लगाएको खप्न नसकेको ललितले मादक पर्दाथ सेवन गरेर केशरबहादुरको हत्या गरेको प्रहरीलाई वयान दिएका छन् ।  प्रारम्भिक वयानमै ललितले बोका चोर र हर्कमायासँग अवैध सम्वन्ध राखेको भन्दै स्थानीयले बहिष्कार गरेको बिषयलाई केशरबहादुरले पटक पटक भनेकोले हत्या गरेको वताएका छन ।  सामाजिक रुपमा बहिष्कार भएपछि पनि केशरबहादुरले त्यहि बिषयलाई पटक पटक आरोप लगाउँदा मादक पदार्थ सेवन गरेपछि आफू आक्रोसित हुने गरेको ललितकुमारले वताए । उनले भने 'मादक पर्दाथ सेवन गरेपछि बोका चोरेको र दण्ड तिरेको बिषयमा आक्रोसीत हुन्थे।' त्यस दिन (बुधबार राती)पनि मादक पर्दाथ सेवन गरेपछि केशरबहादुलाई बदलाको भावना लिन मध्यरातमा गएर खुकुरीले काटेर हत्या गरेको उनले वताए ।  ललितले भने'मध्यरातमा मैले १० मिनेटमा चारै जानको हत्या गरे' । चारै जनालाई हत्या गर्न दिउसै खुकुरी तयार गरेर केशरकै घर छेउमा राखेर राखेको उनले वताए ।  केशरबहादुरको परिवार सुति रहेको अवस्था मध्य राति १२ बजे खुकरी प्रहार गरि चारै जनाको निर्मम हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक उप्रेतीले वताए । ललितले पहिले केशरबहादुरको हत्या गरेपछि उनकी पत्नी हर्कमाया र छोरीहरुको हत्या गरेको स्वीकार गरेका छन ।  केशरबहादुर, हर्कमाया, रन्जु र प्रेमीको हत्यापछि केशरका छोरा नेत्रलाईपनि खुकुरी प्रहार गरि घाइते बनाएको ललितले वताए । नेत्रको विराटनग स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।  प्रहरीले घटनास्थलबाट ललितले हत्या गर्न प्रयोग गरेको खुकुरी र रगत लागेको लुगा बरामद गरेको छ । ललितलाई मुलुकी ऐन २०२० को ज्यान सम्वन्धि महल अनुसार प्रहरी हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक अनिल पौडेलले वताए । हत्या गरिएका केशबहादुर ५ बर्षयता पक्षघातले थलिएका थिए ।  उनकी पत्नी हर्कमाया सुस्तमनस्थितीकी थिइन । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने केशरबहादुरको ४ छोरी र २ छोरा थिए । जेठी छोरी जिल्लाकै कटारी बजारमा मजदुरी गरेर उतै बस्दै आएकी र अर्की छोरी हत्या गरिएको समयमा गाउँ तिर गएकीले बाच्न सफल भएका थिए ।  ११ महिनको कान्छो छोरालाई हत्या गरेको समयमा नदेखेकोले हत्या नगरेको ललितले वताए । उनले भने 'देखेको भए कान्छोलाई समेत हत्या गर्ने थिए ।'   



source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login