बालिका बेचेको आरोपमा शरणार्थी महिला थुनामा



शनिश्चरे असार २८  शनिश्चरे गाविस-१ स्थित भुटानी शरणार्थी शिविरकी १४ वर्षीया बालिकालाई भारतमा लगेर बेचविखन गरेको आरोपमा सोही शिविरकी ३५ वर्षीया धनमाया नेउपाने ०६८ असार २७ गते पुर्पक्षका लागि थुनामा परेकी छन् । जिल्ला अदालतको आदेशमा आरोपितलाई बेचविखन तथा जीउमास्ने अपराध ऐन अन्तर्गत पुर्पक्षका लागि कारागार शाखा मोरङमा थुनामा राखिएको हो । उनलाई प्रहरीले ०६८ जेठ ३१ गते शिविरबाटै गिरफ्तार गरेको थियो । आरोपित महिलाले ०६८ जेठ २९ गते पीडितलाई ललाइफकाइ भारतको दार्जिलिङ पुर्‍याएर यौनधन्दामा संलग्न गराएको भनी ०६८ जेठ ३० गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा पीडित पक्षले उजुरी गरेको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०६८ जेठ ३१ गते गिरफ्तार गरेको थियो ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login