विवाहपछिको मोज








प्रमोद भट्टर्राई प्रेमिका भइञ्जेल सब ठिक छ, तर विवाहपछि सबै उल्टोपाल्टो भइदिन्छ । मान्छेहरु त्यसैले भन्ने गर्दछन्- प्रेम विवाह लामो समय टिक्दैन । तर विवाहपछि पनि आफ्नो प्रेमलाई कायम राख्ने हो भने यो भनाइले फेल खान्छ । प्रेम पाउनका लागि पहिला हामीले एक अर्कालाई बुझ्नुपर्दछ ।   प्रेमले हाम्रो भावनात्मक आवश्यकतामात्र बुझ्छ । मनोवैज्ञानिकहरुका अनुसार हाम्रो मूलभूत आवश्यकता सुरक्षा, आत्मसम्मान र महत्व हो । यी तीनवटै आवश्यकतामा कही" न कही" प्रेम जोडिएको हुन्छ । प्रेम घरबाटै सुरु हुन्छ । यदि उसले घरमा प्रेम पाउन सकेको छैन भने बाहिर पनि पाउन सक्दैन । मनोवैज्ञानिकहरु यो निष्कर्षा पुगेका छन् कि मान्छे भएको नाताले हाम्रो पहिला भावनात्मक आवश्यकता भनेको कसैले माया गरिदियोस् भन्ने हो । प्रेमका लागि हामी पहाड चढ्न सक्छौं, समुद्र पार गर्न सक्छौं । असम्भव लाग्ने काम पनि कष्ट सहेर पनि गर्न सक्छौं । यो प्रेमका तागत हो । इर्साई धर्मापदेशका अनुसार प्रेमविना मानिसले जुन कुरा हासिल गर्छ, अन्ततः त्यो र्व्यर्थ हुन्छ । उपदेश भन्छ-मानवको जीवनरुपी नाटकमा आखिरी अवस्थामा सिर्फतीन पात्रमात्र जीवित रहन्छ । त्यो हो- धर्म, आशा र प्रेम । यसमा पनि प्रेम सबैभन्दा महत्वपूण्ा छ । यसले हाम्रो जीवनमा पनि महत्वप्र्ूण् भूमिका खेल्छ । हामी वस्तु, गतिविधि, पशुपंक्षी आदिलाई प्रेम गछौं । कहिले काही" हामी अरुलाई असर पर्ने काम गरेर पनि भन्छौं, मैले यस्तो यसकारणले गरे किनकि म प्रेम गर्छु यस्तोखालको स्पष्टीकरण कुनै पनि काममा दिइएको पाइन्छ । एक किसिमका मान्छेले परस्त्रीगमनको विषयमा पनि यस्ता स्पष्टीकरण दिएको देखिन्छ । तर धर्म उपदेश यसलाई पाप भन्छ । एउटाले त्यही कुरालाई प्रेम देखिरहेको हुन्छ, अर्काले पाप भन्छ ।   कोही अभिभावक आफ्ना बच्चाको सम्पूण्ा माग पूरा गरिदिन्छन् र यसलाई प्रेमको नाम दिन्छन् । तर फेमीली डाक्टर यसलाई गैरजिम्मेवारीपन मान्दछन् । अब यहा" प्रश्न उ�� ्छ कि, प्रेमपूण्ा व्यवहार के हो - एक पति आफ्नो श्रीमतीलाई सबै भौतिक सुख सुविधा पुर्‍याइदिन्छ र भन्छ- म श्रीमतीलाई प्रेम गर्छु, तर पनि श्रीमतीस"ग मनमुटाव हुन्छ । प्रेममा भावनात्मकता हुन जरुरी छ । यो जरुरत हाम्रो भावनात्मक इच्छाको केन्द्रमा हुन्छ । प्रेम गर्नुभन्दा अगाडि पनि हामीलाई प्रेम चाहिन्थ्यो । जबसम्ममा हामी जीवित रहन्छौं, तबसम्म प्रेमको आवश्यकता हुन्छ । एक व्यक्तिले कुरा गरेको सुनियो-'कार, बंगला सबै भएर पनि के फाइदा, यदि आफ्नै पत्नीले प्रेम गर्दिन भने ।' कुनै पनि चिजभन्दा ज्यादा पत्नीको प्रेम चाहिने कुरा स्पष्ट छ । भौतिक वस्तु कहिल्यै पनि मान्छेको भावनात्मक प्रेमको विकल्प हुन सक्दैन । एक महिलाको गुनासो थियो- 'मेरो श्रीमान् दिनभर कहा" हो कहा" - रातमा चैं ओछ्यानमा आएर मलाई प्रेम गरेझै नाटक गर्दछन् । मलाई यो देखेर पुरुषमाथि नै घृणा लाग्छ ।' ती महिला सेक्सलाई घृणा गर्ने महिला भने होइनन् । उनी भावनात्मक प्रेम खोजी रहेकी छन् ।   स्मान्छेको स्वभाव नै यस्तो छ कि दोस्रो व्यक्तिबाट केही पाउन खोज्छ । एक्लोपनबाट मान्छे डराउ"छ, त्यसैले पनि एकान्त कारावासलाई सबैभ्न्दा गम्भीर दण्ड भनिएको छ । न्यू टेस्टामेन्टका लेखकले पति र पत्नीलाई प्रेरित गर्दै लेखेका छन् कि आपसमा प्रेम बाढाउ"m, तबमात्र जीवन सफल हुन्छ । प्लेटोदेखि पेकसम्म अनगिन्ती दार्शनिक, लेखकहरुले पनि विवाहमा प्रेमको महत्वको रेखांकित गरेका छन् । यही भावनात्मक प्रेमको कमीका कारण आज पारपाचुक बढेको छ । पतिपत्नीका सम्बन्धमा चिसोपन बढ्दै गएको छ । सबै चिज छ, तर प्रेमको कमी छ भने त्यो जीवन सफल हु"दैन । सेक्स किन्न पाइन्छ, तर प्रेम किन्न पाइ"दैन । विवाहमा भावनात्मक 'लभ टक' भइराख्नु अति आवश्यक छ । यसका लागि प्रेमको पा"च भाषालाई दाम्पत्य वा अन्य व्यक्तिले अपनाएको खण्डमा कहिल्यै पनि मनमुटाव हु"दैन । सकारात्म शब्द, प्रतिबद्ध समय, उपहार लेनदेन, सेवाको भाव, शारीरिक र्स्पर्श आदि 'लभ टक' का भाषा हुन् । यिनका विषयमा पनि चर्चाको आवश्यकता रहन्छ ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login