तीन बलात्कारी पक्राउ, हत्कडीसहित एक फरार


ताप्लेजुङ असार २८  वालिकालाइ वलात्कार गरेको अभियोगमा ताप्लेजुङ र पाँचथरमा ठाउँका तीन जना पक्राउ परेका छन् भने अन्य एक जना पक्राउपछि हत्कडी सहित फरार भएका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङको डोकु–२ बस्ने १६ वर्षीय हर्क बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । ती अभियुक्तले असार २६ गते राति ८ बजे स्थानीय ती बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । त्यस्तै पाँचथरको यासोक गाविस-१ की एक १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका सराङडाडा गाविस-६ का १७ वर्षीय कृष्णबहादुर अधिकारी र सो कार्यमा प्रोत्साहन गरेको आरोपमा उनका बुवा ४३ वर्षीय बमबहादुर अधिकारी ०६८ असार २५ गते पक्राउ परेका छन् । चार दिन अघिबाट फरार रहेको अधिकारीसहित उनका बुवालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रविले बतायो । धनसम्पत्तिको लोभलालच देखाई घरैमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडितका बुवाले ०६८ असार २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । प्रहरीमा मुद्दा दर्ता भएको थाहा पाएपछि अधिकारी फरार रहेका थिए ।    त्यसैगरि अनैतिक सम्बन्ध राखेको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएका पाँचथरको लुङलुपा–२ बस्ने १८ बर्षीय कृष्ण बहादुर राई हत्कडीसहित फरार भएका छन् । सोही ठाउँ बस्ने एक महिलासँग अनैतिक सम्बन्ध राखेको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिई असार २६ गते साँझ जिल्ला अस्पतालबाट स्वास्थ्य परीक्षण गरी फर्कने क्रममा बाटैबाट हत्कडीसहित भागेका हुन् । तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


source:-पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login