Pages

Saturday, July 16, 2011

हरिऔन नगरपालिका घोषित

नविन नेपाल
सर्लाही, अषाढ–३२
सरकारले मुलुकका सहरोन्मुख ४१ वटा क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो । जस अन्र्तगत सर्लाहीका हरिऔन, धुर्कौली र सासापुर गरि तिन गा.वि.स. समेटेर नेपाल सरकार स्थानीय मन्त्रालयले हरिऔन नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले सडक यातायात, खानेपानी, स्वास्थ्य, टेलिफोन, शिक्षाजस्ता भौतिक तथा सामाजिक पूर्वाधार पुगेको, कर दस्तुरबाट १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने र कम्तीमा २० हजार जनसंख्या भएको क्षेत्रलाई नगर घोषणा गरिएको जानकारी दिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!