नन्दितालाई सुटिङ सिध्याउन हतार

काठमाडौं, साउन १० - अभिनेत्री नन्दिता केसीलाई पछिल्लो फिल्म 'पराइ'को सुटिङ सिध्याउन हतार छ। शिव रेग्मीद्वारा निर्देशित यस फिल्मको काम सिध्याउने बित्तिकै उनी विदेशमा कार्यक्रम गर्न जाने तयारीमा छिन्। पाँच देशमा शो गर्नुपर्ने र एउटा फिल्मको विदेशमै सुटिङ हुने भएकोले नन्दितालाई हतार भएको हो।  सबै कार्यक्रममा जान भ्याएन भने कम्तीमा तीन देशमा चाहिँ पुग्ने योजना उनको छ। 'फिल्म मेरो पहिलो प्राथमिकता हो। त्यसपछि स्टेज कार्यक्रम हो,' उनले भनिन्। मलेसिया, कतार, साउदी अरब, पोल्यान्ड र स्वीजरल्यान्डबाट उनलाई निम्तो छ। तर, पोल्यान्ड र स्वीजरल्यान्डमा उनले नभ्याउने भएकी छिन्। भदौको पहिलो साता 'यो मन' फिल्मको सुटिङ गर्न बैंकक जाने तालिका उनको छ। यिनै व्यस्तताले गर्दा यसपटक साउनमा व्रत लिन नपाएकोमा उनलाई दुःख छ। 'शिव दाइको फिल्म सक्नै पर्ने हुँदा काममै जोड दिएकी हुँ,' उनले भनिन्।  ६ वर्षदेखि साउनको व्रत बस्दै आएकी उनले यसपटक भगवान शिवको आशीर्वादले व्यस्त भएको स्वीकारिन्। बैँककको सुटिङ बीचमै छाडेर उनी भदौ ११ मा मलेसिया जाँदैछिन्। त्यहाँ उनको चार ठाउँमा कार्यक्रम छन्। त्यसपछि भदौ २० मा साउदी अरबको ३ ठाउँमा शो छ।  'पोल्यान्ड र स्वीजरल्यान्ड जानलाई समय नै निस्किएन, त्यसैले यी दुई देशका कार्यक्रम छाडेकी हुँ,' उनले भनिन्। तिहारको अन्तिमतिर उनी कतारका विभिन्न ठाउँमा पुग्ने टुंगो लागिसकेको छ।  कास्कीको धम्पुसमा 'पराइ'को सुटिङ गरिरहेकी उनी यसपटक आफ्ना शोहरूमा आधुनिक नृत्य प्रस्तुत गर्ने सुरमा छिन्। उनलाई कोरियोग्राफर प्रशान्त तामाङले प्रशिक्षण दिँदैछन्।   जापानमा कार्यक्रम देखाउन जानुपर्ने भएपछि करिब पाँच महिनाअघि उनले 'डेस्टिनेसन काठमाडौं' फिल्म छाडेकी थिइन्। तर, उनको जापानको कार्यक्रम रद्द भएको थियो। भदौको पहिलो साता उनको फिल्म 'सपना' रिलिज हुँदैछ। करिब ५० दिन विदेशमै हुने नन्दिताद्वारा अभिनित 'मलतीको भट्टी', 'मृगतृष्णा' र 'भनिदेऊ माया गर्छु' रिलिजको तयारीमा छ।


source:-नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login