३२ असार, महोत्तरी । महोत्तरीको बलवा गाविस–४ मा अज्ञात समूहको गोली प्रहारबाट एक सर्वसाधारण घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४५ वर्षीय परमेश्वर साह रहेको महोत्तरी प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार घरमा सुतिरहेका साहमाथि गएराति ११ बजेतिर दुईजनाको संख्यामा आएका हतियारधारीले गोली दागेका थिए । साहको दाहिने हातमा गोली लागेको बताइएको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहको छ । प्रहरी प्रमुख घिमिरेले साहमाथि स्थानीय श्याम यादवको समूहले गोली हानेको र उनीहरुको खोजी भइरहेको बताउनुभयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!