'भ्रष्टाचार शून्य पार्छु'

काठमाडौ, जेष्ठ २० - नवनियुक्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले देश र जनताप्रति केन्दि्रत रहेर प्रहरीलाई भ्रष्टाचारशून्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पद बहालीपश्चात् बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले उपत्यकास्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिने क्रममा उक्त प्रतिबद्धता जनाएका हुन् ।  आफूमा कुनै आग्रह-पूर्वाग्रह नभएको चर्चा गर्दै शाहले प्रत्येक प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने प्रणाली संस्थागत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले  संगठनमा एकल व्यक्तिको प्रयासबाट मात्रै उद्देश्य हासिल हुन नसक्ने बताउँदै सबै निकायका प्रत्येक सदस्यले आफ्नो कर्तव्यलाई जिम्मेवार रूपमा बहन गरे मात्रै व्यावसायिक प्रहरीको परिकल्पनालाई मूर्त्तरूप दिन सकिने बताए ।   गृह मन्त्रालयमा बिहान साढे ८ बजे महानिरीक्षकको दज्र्यानी चिह्न लगाएर प्रहरी मुख्यालय छिरेका शाहलाई मुख्यालय र उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृतहरूले पंक्तिबद्ध भई स्वागत गरेका थिए । शाहले महानिरीक्षक भएपछि परम्पराअनुसार मुख्यालय छिरेलगत्तै अमर प्रहरी स्मारकमा गई श्रद्धाञ्जलि अर्पण गरेका थिए । २०१४ असार १६ गते धादिङ, मैदी गाउँमा जन्मेका शाह २०३९ सालमा प्रहरी निरीक्षक दर्जाबाट सेवामा प्रवेश गरेका थिए । यसअघि नवनियुक्त प्रहरी महानिरीक्षक शाहलाई बिहीबारै गृहसचिव लीलामणि पौडेलले दज्र्यानी चिह्न लगाइदिएका थिए ।   


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login