full-storyपुर्वमा भुकम्पको झड्का


रमेशचन्द्र अधिकारी धनकुटा, जेष्ठ २० - पुर्वाञ्चलका विभिन्न जिल्लामा आज बिहान भुकम्पको महशुस गरिएको छ । बिहान ६.४० बजे करिब पाँच सेकेन्डसम्म भुकम्पको महशुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
भुकम्पको झड्का पुर्वका धनकुटा, सुनसरी, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर लगायतका जिल्लामा सर्वसाधारणले महशुस गरेका छन् । कति मापनको भुकम्प गएको भन्ने हालसम्म कुनै निकायले जानकारी दिएका छैनन् । तर कुनै पनि स्थानमा यसबाट क्षति नपुगेको स्थानीय प्रशासनले जनाएको छ ।
पुर्वमा विभिन्न समयमा भुकम्प जाने गरे पनि हालसम्म यसको मापन गर्ने उपकरण नहुँदा तत्काल जानकारी पाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक अरुणकुमार बिसीले बताउनु भयो । पुर्वमा पछिल्लो एक दशकमा दर्जनौं भुकम्पका झड्का महशुस गरिएका छन् । यस्तै २०४५ सालमा भुकम्पबाट सयौंको ज्यान गएको थियो भने करोडौंको धनमाल क्षति भएको थियो ।
भुकम्पको धक्का महसुस
आनन्द गौतम
ताप्लेजुङ २० जेठ - ताप्लेजुङमा सुक्रवार बिहान भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३८ मिनेट जादा सुरु भएको भुकम्प ४० सेकेण्ड जती गएको थियो । भुकम्पले निकै ठुलो हल्लाएपनि त्यसले कतै क्षति भयो/भएन भन्ने यकिन अहिले सम्म भएको छैन । लामो समय सम्म एकै नासले गएकाले सदरमुकामवासिले घर बाट बाहिर निस्किएर हल्ला गरेको बताएका छन । बिहानै देखि पानी परेकोले थप समय गएको भए ठुलै क्षती हुनसक्ने सदरमुकामवासिको अनुमान छ ।

ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login