अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार

पर्सावीरगन्ज २० जेठ । गएराति वीरगन्जको बाइपास सडकखण्डमा एक युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली प्रहारबाट वीरगन्ज-९ का स्थानीय आशनारायण साह कलवार गम्भीर घाइते भएका छन् । गएराति करिब १० बजेको समयमा उनीमाथि गोली प्रहार भएको थियो दाहिने खुट्टामा गोली लागेका साहको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा बताएको छ । साह हाल सरकारसँगको वार्तामा रहेको तर्राई मुक्ति टार्इगर्सका कार्यकर्ता रहेको र कुनै अर्को सशस्त्र समूहले उनीमाथि गोली प्रहार गरेको हुन सक्ने पर्सा प्रहरीको आशङ्का छ । घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभएको छ ।
रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login