क्याम्पबाट भागेर ५ युवती कतार दूतावासको शरणमा



दिनेश रेग्मी दोहा (कतार), अषाढ १५ - सफाइ कामदार आपूर्ति गर्ने एक कम्पनीले सुविधा कम दिएर बढी काम लगाएपछि ५ युवती बसेको क्याम्पबाट मंगलबार सबेरै भागेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।  पहिलेदेखि सहयोग मागेका उनीहरूलाई एक नेपालीले कतारको खर्तियातस्थित क्याम्पनजिकैबाट लगेका थिए । दूतावास पुग्ने युवतीहरूमा सिन्धुपाल्चोक बाह्रबिसेकी देउती थापा, पाँचथर लुङरुपाकी गीता राई, झापा बाहुनडाँगीकी गोमा मगर, इलाम श्रीअन्तुकी रचना राई र बर्दघाट नवलपरासीकी पदमकुमारी कुँवर छन् । 'बिहान ५ बजे काममा जान गाडी लिन आउने गथ्र्यो, हामी ४ बजे निस्केर लुकेर बसेका थियौं,' थापाले सुनाइन्, 'एक जना नेपाली दाइ आएर दूतावास ल्याइदिनुभयो ।'  कम्पनीले स्कुलमा सफाइको काम गर्न लगाएर बेलुका घरको सरसफाइमा पठाउने गरेको उनीहरुको गुनासो छ । दोहोरो काम गर्दा समेत तलव भने थोरै दिएको उनीहरूले बताए । उनीहरूले कम्पनीमा काम गर्न थालेको १४ देखि २७ महिना भएको छ । 'घरमा काम गर्दा साहुले महिनाको १ हजार ७ सय रियाल (३४ हजार रुपैयाँ) दिन्छन् । त्यो सबै कम्पनीलाई बुझाउनुपर्छ । कम्पनीले ३ सय रियाल (६ हजार रुपैयाँ) मात्र दिन्छ,' थापाले भनिन्, 'काम गरेर फर्किंदा राति १२ बज्छ । सुविधा नभएपछि भागेर दूतावास आउनुबाहेक हाम्रो अर्को बाटो भएन ।'  उनीहरुले एउटा क्याम्पमा १३ जना नेपाली बस्ने गरेको बताउँदै एसी नभएको र पानी लिन बाहिर जानुपर्ने बताए । कंपनीसंग बांकी दुई महिनाको तलव रहेको सुनाउदै रकम पाएपछि नफर्किने गरी घर जाने उनीहरुको भनाई छ । 'यस्तो दुःख गरेर काम गर्न सकिँदैन, अब बुवाआमाको सेवा गरेर बस्छु,' राईले सुनाइन् । उनीहरूमध्ये कोही नेपालबाट कम्पनी र कोही कतारबाट एजेन्टले पठाएको भिसामा आएको बताएका छन् ।  उनीहरूले घरको कामबाहेक क्लिनिङ कम्पनीले मासिक तलब ६ सय रियाल (१२ हजार रुपैयाँ) भन्दा बढी, खाना, बस्न सुविधा र ओभरटाइमको व्यवस्था रहेको भनेको थियो ।


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login