बेलायतमा नेपालीमाथि सांघातिक हमला बढ्यो

लन्डन, अषाढ १५ - -४ जुन साँझ टोटल्यान्डमा हतियारै प्रयोग गरी नेपाली र गोरा युवाबीच आक्रमण भएर तीन नेपाली युवा घाइते भए । घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  -३१ मे साँझ म्युनिसिपल गार्डेन्स्, अल्डरसटमा झन्डै २० गोरा युवाले एक नेपाली युवालाई मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेपछि ह्यामसायर प्रहरीले यसलाई ँजातीय भेदभावले प्रेरित अपराध’ भन्दै अनुसन्धान थालेको छ ।  - ३० मे बिहान सबेरै नेपाली र गोरा तन्नेरीबीच आक्रमण हुँदा दुवै पक्ष घाइते भए, पुलिसले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।  - २९ मे राति चेरिउड एभिन्यु, फार्नबोरोमा नेपाली युवाको एक समूह गोरा युवामाथि खनियो, परिणाम एकजना गम्भीर घाइते भए ।   नेपाली र गोरा युवाबीच अल्डरसट र फार्नवोरो क्षेत्रमा भएका पछिल्ला आक्रमणका प्रतिनिधि उदाहरण मात्र हुन् यी । सो क्षेत्रमा बसोबासरत नेपाली युवामाथि अचेल सांघातिक आक्रमणका घटना दिन प्रतिदिन बढेपछि युवा र अभिभावक त्रसित छन् । 'साँझ एक्लै हिँड्ने अवस्थासमेत रहेन,' एक युवाले नाम उल्लेख नगर्ने सर्तमा भने ।  यसअघिका झगडा व्यक्तिगत र सामान्य हुने गरे पनि पछिल्लो पटक भने 'जातीय भेदभाव' बाट प्रेरित घटना र हतियारको समेत प्रयोग बढेकामा सरोकारवाला चिन्तित छन् । 'केही महिनाअघि स्थानीयमन्त्री जेराल्ड होवार्थले नेपाली बढेकामा असन्तुष्टि व्यक्त गर्नु र अहिले रेसियल एट्याक वृद्धि हुनुलाई हामीले गम्भीर ठानेका छौं,' स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) का अध्यक्ष टिकेन्द्रदल देवानले कान्तिपुरसँग भने ।  पटक-पटकका घटनापछि गत जुन ९ मा रसमोर वरो काउन्सिलका चिफ एक्जुकेटिभ एन्ड्रयु लोयड, कम्युनिटी सेफ्टी म्यानेजर फिल स्टोनम्यान, रसमोर सेफर निवरहुड इन्सपेक्टर जष्टिन ब्रोउन, जीआरएनसी अध्यक्ष देवान आदि सम्मिलित बैठकसमेत बसेको थियो । यिनै प्रतिनिधिहरूको अर्को बैठक यही जुन ३० मा बस्दैछ । अघिल्लो बैठकमा नेपाली समुदायको प्रतिनिधित्व गरेका देवानले आफूले नेपाली युवाहरूबाट गुनासा वारम्बार पाइरहेको जनाउँदै नेपाली भएकै कारण यस्तो अवस्था सिर्जना हुनु दुःखलाग्दो भएको बताएका थिए । देवानले नेपाली युवामाथि आक्रमण गर्ने गोराहरूको 'ग्याङ' नै खडा भएको र प्रहरीले समेत आक्रमणकारीलाई सामान्य सोधपुछ गरेर मात्र छोडिदिने परम्पराले  नेपाली युवामा आत्मविश्वास घटेको दाबी गरे ।  'मैले सबै निकाय प्रमुखहरूलाई गम्भीर ध्यानाकर्षण गराएको छु,' उनले थपे, 'सन् २००४ ताका सो क्षेत्रका नेपाली र स्थानीय युवाहरूबीच झैं झगडा, कुटपिटका घटना खुबै हुने गरे पनि  बीचमा यो मत्थर भएको थियो तर मन्त्रीको नकारात्मक अभिव्यक्तिसँगै अहिले फेरि बढ्दा अभिभावक सशंकित छन् ।'  रसमोर बरो काउन्सिलले पनि घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । काउन्सिलका चिफ एक्जुकेटिभ एन्ड्रयुले चिफ सुपरिटेन्डेन्ट मार्क च्याटरटन र काउन्सिलर मोयलीसँग छुरी हानाहान र अन्य हिंसा बढेकोबारे विशेष छलफल गरेको र यसलाई तुरुन्त निराकरणमा ढिलाइ गर्न नहुने बताएको उल्लेख गरेका छन् ।   रसमोर सेफर निवरहुड इन्स्पेक्टर ब्रोउनले यी घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको जनाएका छन् । 'हामी जातीय भेदभावबाट पे्ररित घटना भए नभएको पनि गम्भीर अध्ययन गरिरहेका छौं,' ब्रोउनले भने ।  नेपाली युवा आक्रमणको सिकार हुँदै गएपछि स्थानीय समुदायमा सौहार्द वातावरण सिर्जना गर्न युवा समूह नामक संस्था, कम्युनिटी सर्भिस् गु्रप -एन्टी नार्कोटिक्स्), र आफू लागिरहेको कम्युनिटी वर्कर शिला श्रद्धा लिम्बुले बताइन् । 'आफ्नै दाजुभाइ पिटिँदा सार्‍है दुःख लाग्नेरहेछ, हामी सरोकारवालाबीच समझदारी जुटाउन सक्रिय छौं,' शिलाले भनिन् ।  जीआरएनसीले समेत यिनै विषयमा छलफल गर्न नेपाली युवा सम्मिलित एउटा आकस्मिक बैठक डोकेको थियो । बैठकमा समस्या समाधानका लागि युवा र अभिभावकहरूको भूमिका के हुने भन्नेबारे छलफल भएको संस्थाले जनाएको छ ।  यही विषयमा छलफल गर्न उसको नेपाली समुदायका प्रमुखहरूसँगको बैठक आगामी ८ जुलाईमा बस्दैछ ।


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login