विद्यालयदेखि विश्वविद्यालयसम्म संगीत शिक्षा आवश्यक


प्रसिद्ध संगीतकर्मी मणिकमल क्षेत्रीले बिद्यालयदेखि विश्वबिद्यालयसम्म संगीत बिषयको पठनपाठन भएमा मात्र जनस्तरसम्म गीतसंगीतको प्रभाबकारिता बढ्ने बताउनु भएको छ ।झापाको दमकमा आज आयोजित मासिक नियमित साहित्यिक कार्यक्रममा बोल्दै उहाँले जनस्तरसम्म गीतसंगीतका बारेमा ज्ञान नभएसम्म यसको बिकासले चौतर्फी रुपमा गति लिन नसक्ने बताउनु भयो ।दमक क्याम्पस साहित्यिक मञ्चले महिनाको अन्तिम मंगलबार नियामित रुपमा क्याम्पसमा गर्दै आएको श्रृखलाको आजको कार्यक्रममा बोल्दै संगीतकार क्षेत्रीले यसखाले आवाज नेपालमा आएर समेत उठाइरहेको प्रसंग अघि सार्नुभयो ।भारतको दार्जिलिङका क्षत्री नेपाली गीतसंगीतको बिकासका लागि बिगत ३ बर्षदेखि झापामा रहेर काम गरिरहनु भएको छ । कार्यक्रममा, उपेन्द्र सुब्बा, प्रकाश आङदेम्बे, भुपेन्द्र तिम्सिना, धनकुटे कान्छा, धनञ्जय बास्कोटा, बैदिक अत्रि, ज्योति भट्टराई, उषा भाञ्जी, मौसम बराल लगायतले साहित्यकारले रचना बाचन गरेका थिए । कुमार
purbelitimes
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login