आज खग्रास चन्द्रग्रहण

१ असार । मुलुकको धार्मिक,सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण बुधबार मध्यरातबाट सुरु हुदैछ । चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ । हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने राष्टिूय ज्योतिष विज्ञान सेवा समितिका महासचिव ज्यो.पं. वश्वप्रेम भट्टर्राई बताउनुहुन्छ । नेपालको पर्रि्रेक्ष्यमा यसवर्षराशीका स्वामी मङ्गललाई सेनापति मानिने भएकाले सेनापतिका घरमा ग्रहण लाग्नाले अशुभ हुने, राजनीतिक नेताहरूप्रति जनताको तिक्तता बढ्ने, सामाजिक वितृष्णा फैलने, राजनेतामा एकता हुन नदिने तथा नेताहरूले जनतालाई झुक्याउने प्रवृति बढ्नेजस्ता असर हुनेछ । धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका अग्रज व्यक्तिहरू नेता, आचार्य, प्राचार्य, मठाधीश आदिलाई बढी असर पर्ने पनि महासचिव भट्टर्राई बताउनुहुन्छ । पूणिर्माका दिनमा लाग्ने खग्रासले सो रातलाई औंशीको राततुल्य बनाइदिने भएकाले मुलुकमा यसको असर ठूलो पर्न सक्ने रार्ष्टिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष ज्यो. तिलकराज पौडेल बताउनुहुन्छ ।उहाका अनुसार न अक्षरबाट उच्चारण भएका व्यक्ति तथा सङ्घसंस्थालाई यसले ठूलो असर पुग्ने, नेतानेताबीच एकआपसमा मनमुटाव, वैमनस्य तथा फुट हुनसक्ने देखिन्छ ।मुलुकबासीका लागि मेष राशी-कष्टकर, वृषराशी-स्त्रीपीडा तथा श्रीमान् पीडा, मिथुनराशी-सुख, कर्कटराशी-चिन्ता, सिंहराशी-रोगकष्ट, कन्याराशी- श्रीप्राप्ती, तुलाराशी-क्षति, वृश्चिकराशी-घात, धनराशी-व्यय, मकरराशी-लाभ, कुम्भराशी-सुख तथा मीनराशीलाई-अपमानका असर देखापर्ने अध्यक्ष पौडेलको भनाइ छ ।जगत लग्नअनुसार नेपाल राष्टूको राशी वृश्चिक भएको र सोही राशीमा शनिको दृष्टि परेकाले समयसीमाभित्र संविधान निर्माण गर्न जनताले पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने ज्योतिषीहरूको भनाइ छ । पञ्चाङ्गका अनुसार असार १ गते मध्यराति १२ बजेर ७ मिनेटमा र्स्पर्शकाल, १ बजेर ७ मिनेटमा सम्मिलन, १ बजेर ५७ मिनेटमा मध्यकाल, २ बजेर ४८ मिनेटमा उन्मीलनकाल र ३ बजेर ४७ मिनेटमा मोक्षकाल रहेको खग्रास चन्द्रग्रहणको सुतक सोही दिन अपरान्ह ३ बजेर ७ मिनेटबाट प्रारम्भ हुनेछ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login