वासिङ्टनमा भेला हुँदै नेपाली नर्सहरु

अमेरिकामा रहेर नर्सिङ पेशा गरिरहेका नेपालीहरुको भेला पहिलोपटक वासिङ्टन डीसीमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)को २९ औं सम्मेलनको अबसर पारेर आगामी जुन २ तारिखमा नेपाली नर्सहरुको भेला बोलाइएको कार्यक्रमकी भेला आयोजक मध्येकी एक मञ्जु संग्रौलाले जानकारी दिनुभयो । अमेरिकामा नेपाली नर्सहरुको संख्या बढ्दै गएपनि आपसी सम्बन्ध र नेटवर्क नहुँदा सहयोग आदान प्रदान हुन नसकेको ठहर गर्दै भेला आयोजना गर्न लागिएको संग्रौलाले जानकारी दिनुभयो । अमेरिकामा रहेर नर्सिङ पेशा गर्ने वा नेपालमा अध्ययन सकि अमेरिका आएर नर्सिङ पेशा अपनाउने सोंच बनाइरहेका नेपालीहरु नर्सहरुलाई भेलामा सहभागी हुन उहाँले आह्वान गर्नुभएको छ । नेपालबाट आएका धेरै नयाँ नर्सहरुलाई यहाँ लाइसेन्स लिएर कसरी रजिष्टर्ड नर्स बन्ने भन्ने जानकारी छैन- संग्रौलाले भन्नुभयो-’सूचनाको अभावले कतिपयले नर्सिङ छाडेर अरु नै पेशा गरिरहेको पनि पाइयो ।’ यही अप्ठ्यारोलाई हटाउन तथा नव आगन्तुकलाई सहयोग र सूचना प्रदान गर्न पनि नेपाली नर्सहरुको नेटवर्क आबश्यक रहेको महसुस गरि पहिलोपटक भेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि अमेरिकामा रहेका नेपाली चिकित्सक तथा इन्जिनियरहरुको संगठन बनाइ नियमित कार्यक्रमहरु हुने गरेपनि नर्सहरु संगठित भएका छैनन् । बिश्वका अन्य मुलुकमा नर्सिङ पढेपनि अमेरिकामा नर्सिङ पेशा अपनाउन त्यहाँको CGFNS नामक बोर्डबाट परिक्षा उतिर्ण गरि लाइसेन्स लिनुपर्छ । यस्तो लाइसेन्सको प्राबधान राज्यपिच्छे फरक हुने र क्रेडिट सिस्टमका आधारमा सीप नपुग भए थप तालिम समेत लिनुपर्ने भएकाले लाइसेन्स लिन नयाँ नर्सहरुलाई झण्झटिलो लाग्ने गरेको उहाँको अनुभव छ । अमेरिकामा रिजष्टर्ड नर्सलाई आर्कषक पेशा मानिन्छ । 

purbelitimes
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login