तीन दिने नेपाल बन्द घोषणा गरेको चुरेभावका एक केन्द्रीय सदस्य सहित आठ जना पूर्व सन्ध्यामा पक्राउ
काठमाडौ, ३१ जेठ । आगामि असार १, २ र ३ गते नेपाल बन्दको घोषणा गरेको चुरो भावर राष्ट्रिय एकता पार्टी नेपालका एक केन्द्रीय सदस्य सहित आठ जनालाई आज प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पार्टीको घोषित नेपाल बन्द सफल बनाउन आब्हान सहित प्रचार प्रसारमा रहेका चुरे भावरका कार्यकर्ताहरुलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्य ज्ञानु कटुवाल सहित आठ जना रहेका छन । उनीहरुलाई अहिले कालिमाटी प्रहरीमा राखिएको पार्टीका अध्यक्ष हिमालय भक्त प्रधानाङगले जानकारी दिनुभयो । प्रहरीले प्रचारमा प्रयोग भएको गाडि र प्रचार सामाग्री समेत नियन्त्रणमा लिएको छ । सो पार्टीले आजै एक प्रेस विज्ञप्ति प्रकासित गरी शान्ति पूर्ण आन्दोलनका कार्यक्रमको प्रचार प्रसारमा रहेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेर सरकारले निरकुंश पन्चायती शैलीको प्रर्दशन गरेको भन्दै यसले पार्टीको शान्ति पूर्ण आन्दोलनलाई राज्यले नै हिंसात्मक बनाएर धरपकड गरेको भन्दै घटनाको निन्दा गरेको छ । त्यसैगरी नेपाली जनताको शान्ति पूर्ण विरोध प्रर्दशन गर्न पाउने संबैधानिक ब्यवस्थाको राज्यले धज्जि उडाएको भन्दै सो पार्टीले तत्काल आफ्ना प्रक्राउ परेका कार्यकर्ताको रिहाई र दोषी माथि कारवाहीको माग पनि गरेको छ । अन्यथा उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी पनि सो पार्टीले दिएको छ ।









0 commentaires