काठमाडौ, जेष्ठ ३१ - उर्जामन्त्री गोकण विष्टले केही दिनभित्रमै लोडसेडिङ अन्त्य हुने दावी गरेका छन् । उनले चुहावट नियन्त्रण गरेर लोडसेडिङ हटाउने बताएका हुन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै उनले भने, 'विद्युत चुहावट नियन्त्रणको काम प्रभावकारी रुपमा अघि बढेकोले केही दिनमै लोडसेडिङ अन्त्य हुनेछ ।' विद्युत चुहावट नियन्त्रणमा महत्वपूर्ण काम भईरहेको भन्दै भक्तपुरमा केही दिनकै प्रयासमा सात प्रतिसत चुहावट नियन्त्रण भएको दावी उनले गरे । उनका अनुसार कुल चुहावटको झण्डै ५५ प्रतिशत भक्तपुरमा रहेको उल्लेख गर्दै त्यो ४८ प्रतिसतमा झरेको दावी गरे । मन्त्री विष्टले कुल विद्युत चुहावटको छ प्रतिसतमात्रै नियन्त्रण गर्न सके विद्युत प्राधिकारणलाई बर्षमा साँढे दुई अर्ब रुपैयाँ नाफा हुने जानकारी दिए । उनले अहिलेकै रफ्तारमा काम हुने हो भने तीन वर्षमा नेपाल पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी समेत गरे । निर्माणाधिन विद्युत आयोजनाहरुलाई सरकारले पूर्ण सुरक्षा दिने भन्दै आवश्कता अनुसार प्रहरी, शसस्त्र र नेपाली सेनाको सुरक्षा उपलब्ध गराउने तयारी भईरहेको उनले जानकारी दिए । उनले भने, 'उर्जा मन्त्रालयले सेना परिचालनको लागि रक्षामन्त्रालयलाई आग्रह गरिसकेको छ ।' उनले आगामी मन्त्री परिषद्को बैठकले आयोजनाको सुरक्षामा सेना परिचालन गर्ने निर्णय गर्ने समेत बताए । जलविद्युत आयोजनामा अवरोध गर्ने कार्यलाई सरकारले कुनै पनि हालतमा छुट नदिने समेत सो अवसरमा स्पष्ट पारे । उनले माथिल्लो सेती, पश्चिम सेती, माथिल्लो अरुण, बुढी गण्डकी लगायतका आयोजना सुरु गर्न विभिन्न स्वदेशी र विदेशी वित्तिय संस्थाहरुसँग छलफल भईरहेको जानकारी पनि दिए ।
समाचार
»
केही दिनमै लोडसेडिङ अन्त्य हुने उर्जामन्त्रीको दावी
केही दिनमै लोडसेडिङ अन्त्य हुने उर्जामन्त्रीको दावी
Tags:
समाचार










0 commentaires