चार परिवारको ओडार बास

कमल थापा, रुकुम, असार १ - ढुंगे युग सम्झाउने गरी चार परिवार सानीभेरी किनारका ओडारमा बस्दै आएको छ। सदरमुकाम खलंगादेखि २ घन्टा पैदल दुरीमा रहेका ओडारमा उनीहरुले १२ वर्ष गुजारिसकेका छन्। 'पुर्ख्यौली घरबार नभएपछि वर्षौंदेखि ओडारमै छौं,' ६३ वर्षीय उजिरे वादीले भने, 'त्यस पहिले जिल्लाका विभिन्न ठाउँमा घुमन्ते जीवन वितायौँ।' वादी समुदायका चारै परिवार हिउँदमा सानीभेरी किनारको बालुवामा पाल टाँगेर बस्छ भने वर्षामा नदी किनारको ओडारमा सर्छन्।       उनीहरुको गुजारा भनेकै सानीभेरीको माछा हो।  महिलाहरु बालबच्चाको हेरचाहमै बिताउँछन् भने पुरुषहरु माछा मार्न थाल्छन्। माछाको विक्री गरेको आम्दानीले चामल, दाल, तरकारी र नुन तेल जुट्छ।  'हाम्रो पेट कहिल्यै भरिएन, सधैं आधा पेट,' उजिरेले भने, 'माछा पाइयो भने बिक्री गरेर खानेकुरा किन्छौ नत्र भोकै बस्छौं।'  मादल, माटोको भाँडाकुडा बनाउने पुर्ख्यौली पेसा पनि अहिले छैन। बजारिया मादल आउन थालेको र माटोका भाँडाको ठाउँ प्लास्टिकका भाँडा प्रयोग हुन थालेकाले थान्को लागेको उनीहरुको भनाइ छ। 'ओडार र बालुवामा बस्ने बानी परिसक्यो,' विमला वादीले भनिन्, 'सुत्केरी, बालबच्चा र वृद्धवृद्धालाई भने समस्या छ, चाहेर पनि अरु मानिसजस्तै बस्न सक्दैनौं।'  भरखर विवाह गराएकी जेठी बुहारीलाई ६ महिनामै ट्याक्टर ड्राइभरले भगाइदिएको उनले गुनासो गरिन्। 'छोराको विवाहमा १९ सय ऋण तिर्न नसक्दा साहुबाट बारम्बार धम्की आउँछ,' उनले भनिन्, 'बुहारी चाहिँ विवाह गरेको ६ महिनामै भगाइदियो।' सरकारले वादी समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत कराडौं रकम खर्च गर्दै आएको छ। तर, ओडारमा जीवन गुजार्दै आएका वादी परिवारको हातमा केही परेको छैन। 

nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login