शुभ नारायण यादब सप्तरी, १४ अषाढ एक विगहा जग्गाको विषयलाई लिएर आफ्नै आफन्तजनले सप्तरीमा पुन एक महिलाको हत्या गरेको आरोप लगाईएको छ । सप्तरीको भारदह गाविस वडा नं. ४ निबासी निरपती मिश्रका श्रीमति ३० बषिर्या रिना मिश्रको गत बुधबार राति आफ्नै श्रीमान्, ससुरा सचितानन्द मिश्र र भाउजु रंजना मिश्रले सामुहिक रुपमा रहस्यमय तरिकाबाट हत्या गरेको उहाँका परिवारजन दावी गरेका छन् । मृतक रिनाका भिनाजु सुधानन्द ठाकुरले सहित छिमेकी राजेश मिश्र, सहितकाहरुले सोमबार विहान राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो रहस्य खोलेका हुन् । मृतक रिनाको हत्या प्रकरणसँग सम्बन्धीत पत्रकार सम्मेलनमा उहाँका आफन्तजनले एक विगहा जग्गा, गरगहना र ५५ हजार पैसाको लागि रिनाका आफ्नै श्रीमान, ससुरा र भाउजु मिलेर रहस्यमय तरिकाबाट हत्या गरेको दावी गर्दै सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दायर गर्न जाँदा प्रहरीले समेत मुद्दा दर्ता गर्न तयार नभएको आरोप लगाए । सप्तरीकै मैनाकडेरी गाविस १ निवासी अमृतानन्द मिश्रको छोरी रिनाको बाबु आमा समेत बित्तेको र जग्गाको बिषयलाई लिएर उनका श्रीमान्, ससुरा र भाउजु मिलेर मानसिक तथा शारिरीक यातना समेत दिदै आएको बताउदै भिनाजु सुधानन्दले अगाडि भने, आफ्नो सालीलाई उनीहरुले यस अघि नै हत्या गर्ने प्रयास गर्दे आएको र गत बुधबार पुनः उनको घरमा कोही नभएको समयमा बाँस गाछीमा लगेर बिभत्स तरीकाले हत्या गरेपनि प्रहरी प्रशासन मुद्दा समेत दर्ता गर्न तयार रहेको छैन । मृतकका रिनाको ९ बषिर्या एक छोरी समेत रहेको जनाउँदै उनका आफन्त जनले गत अषाढ ८ गतेमा सोही हत्या प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गर्न जाँदा जिल्ला प्रहरीले इलाका प्रहरी कार्याल्य कंचनपुरमा तपाईको मुद्दा चल्ने छ, भनी मुद्दा समेत दर्ता गर्न नमानेको आरोप लगाए । वि.स. २०५८ साल फागुन १९ गते रिना र निरपती बीच समाजिक परम्परा अनुसार विवाह सम्पन्न भएको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक भुबनेश्वर साहले मृतक रिना मिश्रको हत्या मुद्दा सोमबार दर्ता गरिएको जनाउँदै पोष्टमार्टम रिपोर्ट समयमा नआउँदा मुद्दा दर्तामा ढिलाई भएको हो भन्नुभयो ।
दैनिकी









0 commentaires