सुरुमा मन्त्रीले त्यसपछि एक हजार युवाले विमानस्थल सफा गरे

काठमाडौ, जेठ ४-पर्यटनहरुको पहिलो गन्तव्यको रुपमा रहेको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार करिब एक हजार युवाले विमानस्थल परिसरमा सरसफाइ गरेका छन्।     सरसफाईको शुरुवात पर्यटन तथा नागरिक उड्ययन मन्त्रि खड्गबहादुर विश्वकर्माले गरेका थिए। नेपाल युवा संस्था संजाल, यसका सदस्य संस्थाहरु, युवा, पुर्वाअंचल विश्वविधालयका विद्यार्थी, नेपाल एयरलाईन्स अपरेटर्स एसोसियसन, नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरु संलग्न भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र विमानस्थलका पदाधिकारीहरुको समेत सहभागिता थियो।  पर्यटन वर्षलाई लक्ष्ति गरेर तथा २५५५ औ वुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीह्रुले करिब दुई घण्टा विमानस्थल परिसर लगायत विमानस्थल बाहिरको सडक सफा गर्नुका साथै विमानस्थल वरिपरिको रुखमा रङ्ग समेत लगाएका थिए।  ‘आजको कार्यक्रममा युवाहरुको उतसाहलाई देखेर नेपाल एयरलाईन्स अपरेटर्स एसोसिएसनले एयरपोर्ट मुल गेट वरिपरिको स्थानको संरक्षणको जिम्मा लिने घोषणा समेत मंगलबारै गरेको छ', कार्यक्रमका आयोजक तथा नेपाल युवा संजालका महासचिव ब्रबिम केसीले भने,'हाम्रो कार्यक्रमको मुल उद्देश्य भनेकै युवामा देश प्रति, राजनीति प्रति अति नै निराशा चुलिरहेको बेला युवाले देशलाई र व्यवस्थालाई गाली मात्र गर्ने नभई केही सकारात्मक र सृजनात्मक काम पनि गरेर सम्बन्धित निकायलाई दबाब दिन सकिन्छ भनेर देखाउनु हो'।  उनका अनुसार उक्त कार्यक्रममा सहभागीह्रुमधय तीस बर्षभन्दा माथि र मुनीकाले बेग्लाबेग्ले हस्ताक्षर पत्रमा पर्यटन वर्ष ०११लाई सफल पार्न हामी पनि जिम्मेवार छौ हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर पत्रलाई चाँडै नै पर्यटन बोर्डमा बुझाउने महासचिव केसीले बताए।  केसीका अनुसार सञ्जालले यसभन्दा अघि पनि विमानस्थलमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा पाँच सय भन्दा बढी युवा सहभागी थिए। ‘उक्त कार्यक्रममा सफाईको केही अंश बाकी रहेकोले यसलाई आज निरन्तरता दिएका हौ', केसीले नागरिकसित भने,' आजको थप कार्यक्रमले त्यहाँका कर्मचारी लगायतका स्थानीयलाई थप दायित्वबोध भएको हामीले महसुस गरेका छौ'।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login