प्रहरीलाई कसले आह्वान गरेको भन्ने पनि थाहा छैन-
विराटनगर, जेठ ४- लगालग चार दिनको बन्दले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त बनेको छ। दिनदिनै बन्दले सर्वसाधारण हैरान भए पनि प्रहरी/प्रशासनले सक्रियता नदेखाउँदा ‘पर्चा' छरेकै भरमा बन्द भइरहेकै छ। नामै नसुनिएको ‘नेपाली जनप्रगतिशील मञ्च'ले पर्चा छरेकै भरमा मंगलबार मेची-कोसी बन्द भयो। मञ्चका ‘कमरेड सुमनसिंह पौडेल'को नाममा छरिएको पर्चामा ‘शान्ति र जनसंविधानको सुनिश्चितता, स्वरोजगार र स्थायी सरकारको आवश्यकता' का लागि बन्द आह्वान गरिएको उल्लेख छ। ‘बन्द कसले गरेको हो, थाहा छैन,' मोरङ प्रहरीका एक अधिकृतले नागरिकसँग भने, ‘जनजीवनमा असर परेको छ।' बन्द आह्वानकर्ता सडकमा नदेखिए पनि पर्चाकै भरमा विराटनगर, इटहरी, धरान, धनकुटा, दमक, बिर्तामोड, काँकडभिट्टा, इलाम र पाँचथरको जनजीवन मंगलबार प्रभावित भयो। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बजार बन्द गराउदै हिँडेका मञ्चका चारजनालाई झापामा प्रहरीले पक्राउ गरेको छ। ‘बेलुका पर्चा छरे, बिहान बन्द भयो,' डिआइजी विनोद सिंहले भने। ‘समयमै संविधान निर्माण र संविधानमा आफ्ना कुरा समेट्नुपर्ने' भन्दै सातायता पूर्वाञ्चल चार दिन बन्द भइसकेको छ। लक्ष्मण थारुले नेतृत्व गरेको थारुवान संघर्ष समिति २९ चैतमा पूर्वाञ्चल बन्द गरेलगत्तै यस क्षेत्रमा बन्दको शंृखला जारी छ। लगातारको बन्दका कारण दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ हाहाकार भएको छ। सवारी साधन नचल्दा हवाईजहाजमा यात्रुको चाप बढेको छ। बन्द आयोजक २९ वैशाख थारु कल्याणकारी सभा ३० चैत लिम्बुवान १ वैशाख लिम्बुवान ३ वैशाख नेपाली जनप्रगतिशील मञ्च

0 commentaires