पाकिस्तानी शरणार्थीसंग नक्कली ब्लुबुक र लाईसेन्स


पाकिस्तानी कैदी भागाएको आशंका 
काठमाडौ, जेष्ठ ४ - नक्कली ब्लु बुक, लाईसेन्स र चोरीको गाडी सहित एक पाकिस्तानी शरणार्थी पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत महाराजगञ्जले हेपाली हाइटमा बस्दै आएका हारुल अहमद मनवरलाई सोमबार राती पक्राउ गरेको हो ।
अर्का पाकिस्तानी शरणार्थी नरसुल्लालाई ज्यान मार्ने धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी दीपक थापाले बताए ।  पक्राउ परेका हारुलको साथबाट ना१च ३२३७ नम्बरको टोयोटा कोरला कार बरामद गरेको छ ।
यातायात ब्यवस्था कार्यालय नारायणीमा दर्ता भएको गाडी हारुलले २०६७/५/१३ मा आफ्नो नाममा दर्ता गराएका छन्  । त्यहाँ उनले आफ्नो स्थायी घर भक्तपुर ७ लेखाएका छन् । गाडी २०५१ सालमा यातायात ब्यवस्था कार्यालयमा दर्ता भएको देखिन्छ । आफ्नै तस्विर राखेर पास गराएको उक्त गाडी ब्लु बुकमा निजी जिप भनिएको तर गाडी कोरला देखिएपछि चोरीको हुन सक्ने डिएसपी थापाले बताए । ‘विदेशी शरणार्थीको नाममा गाडी कसरी आयो ?, त्यस माथी गाडीको प्रकार नै फरक छ’ उनले भने ।
प्रहरीले हेपाली हाइट स्थित उनको डेरामा छापा हानेर दुई वटा कम्प्युटरको सिपीयू ल्याएको छ । बैशाख ३० गते बसुन्धराको ओरालोमा हिडीरहेका नरसुल्लालाई हारुलको गाडीले ठक्कर दिएपछि दुई जना बिच बादबिबाद परेको थियो । बादबिबाद कै क्रममा हारुलले ज्यान मार्ने धम्की दिएपछि उनले महाराजगञ्ज बृतमा ज्यान रक्षाको माग गर्दै उजुरी दिएका थिए । पक्राउ परेका हारुलले नरसुल्ललालाई धम्क्याएको स्विकार गरेका छन् ।  
उनको ‘लाईसेन्स’ पनि नारायणी अञ्चल यातायात कार्यलायबाट जारी भएको छ । २०६७/६/१५ मा जारी भएको लाईसेन्स नम्बर ७०००३५ हो । त्यसमा पाकिस्तानी नागरिक भएको खुलाएर अहिलको बासस्थान भक्तपुरमा ७ मा भनिएको छ ।
महानगरीय प्रहरी महाराजगञ्ज बृतले जारी भएको सवारी चालक अनुमती पत्र र गाडीको ब्लुबुक नक्कली या सक्कली हो प्रमाणित गरिदिन नारायाणी अञ्चल यातायात ब्यवस्था कार्यालयलाई पत्र पठाएको छ । ‘सवारी चालक अनुमती पत्र पाकिस्तानको देखाएर नेपाली प्रतिलिपि त लिन सक्छन्’ डिएसपी थापाले भने ‘तर ब्लु बुक भने शंकाको घेरामा छ, अनुसन्धान गरिरहेका छौं ।’ हारुल अढाई बर्ष अघि शरणार्थीका रुपमा नेपाल प्रवेस गरेको देखिएको छ ।
प्रहरीले केन्द्रीय कारागारमा नक्कली भारतीय रुपैयाँ कारोबारको मुद्दामा थुनामा कैद सजाय भूक्तान गरिरहेका मोहमद जमिललाई भगाउने कार्यमा पनि हारुल नै संलग्न भएको हुनसक्ने आशंका गरेको छ । गंगालाल अस्पतालमा मुटु रोगको उपचार गराइरहेका कैदी जमिल गत चैत १३ गते राती अस्पतालको शौचालयबाट भागेका थिए । उनी अहिलेसम्म फेला परेका छैनन् । मुटुका रोगी हारुललाई उपचारका लागि चैत ८ गते गंगालल अस्पताल पुर्याइएको थियो ।
प्रहरीले त्यतिबेलै पाकिस्तानी नागरिकहरु बस्न सक्ने स्थानमा छापा मारेर खोजतलास गर्नुपर्ने बताए पनि कुटनैतिक मर्यादाका कारण सक्रिय रुपमा खोजतलास गर्न सकेको थिएन । कैदी भगाएको हुनसक्ने आंशकामा महानगरीय प्रहरी अपराध महाशाखाले हारुल माथी थप अनुसन्धान सुरु गरेको छ । ‘मुटुको रोगी कैदी एक्लै फुत्त निस्किएर भागेको होइन, पुरा योजना सहित भागेको देखिन्छ’ अपराध महाशाखाका एक प्रहरी अधिकृतले भने ‘चोरीको गाडी चढ्ने, मान्छे मार्ने धम्की दिने ब्यक्तिले त्यो पनि गरेको हुनसक्छ ।’

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login