काँकडभिट्टा, जेष्ठ ३ - घुमुवा प्रहरीले मादक पदार्थ सेवन गरेर झापाको काँकडभिट्टास्थित एक होटलमा सोमबार राति तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका टेकेन्द्र लिम्बु, अन्चल प्रहरी कार्यालय मेचीका सुवास केसी र सशस्त्र प्रहरीको सीमा सुरक्षा वलका घुमुवा रमेश कुवँरले काँकडभिट्टास्थित रजत होटलमा तोडफोड गरेको होटल संचालिका अन्जना पौडेलले जानकारी दिइन् ।
होटलको १०३ नम्बर कोठामा बसेर ‘रेड लेवल’ रक्सी पिएका उनीहरुवीच आन्तरिक विवाद भएपछि आक्रोसमा होटल तोडफोड गरिएको थियो । उनीहरुले होटलका वाटर कुलर, काउन्टर र कोठाभित्र तोडफोड गरेका हुन् । होटलमा बसेका एक भारतीय नागरिक दिलिपकुमार जैसवालले एक प्रहरीले पेस्तोल देखाएर मार्ने धम्की दिएको दावी गरे ।
परिवार सहित नेपाल घुम्न आएका जैसवाललाई बिना कारण धम्की दिइएको हो । प्रहरीले वेटर विष्णु सुवेदी र टाइगर रुपाखेतीलाई समेत कुटपिट गरेको होटल संचालिका पौडेलले जानकारी दिइन् । ‘मलाई पनि दुई पटक हेल्मेट प्रहार गरियो’, उनले भनिन् ।









0 commentaires