हैजाको रोकथाम 'फिल्टर होइन उमालेको पानी'


काठमाडौ, जेष्ठ ३ - चिकित्सकहरूले हैजा र झाडाबाट जोगिन उमालेको पानी मात्र पिउन सल्लाह दिएका छन् । फिल्टरको पानी प्रयोग गर्ने उपभोक्तामा हैजाको संक्रमण देखिएपछि चिकित्सकले यस्तो सल्लाह दिएका हुन् । क्यान्डिल फिल्टरले रोग उत्पन्न गर्ने कीटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।
गर्मी मौसममा हैजा संक्रमणको सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । यसपालिको गर्मी सुरुवातपछि दुई साताअघि गरिएको पहिलो प्रयोगशाला परीक्षणमा प्रमाणित हैजाका चार रोगी काठमाडौंमा देखिएका छन् । अहिले दुई जना हैजाका रोगी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेको अस्पतालले जनाएको छ । हैजा देखिएका चार जना जमल र कलंकीका हुन् ।
'फिल्टर मात्रै गरेर पिउने पानीले हैजा हुने सम्भावना बढी हुन्छ । चिकित्सकीय इतिहासले हैजा रोगीले फिल्टर गरेको पानी पिएको देखाउँछ', अस्पतालका डा. राजेश साहले भने, 'हामीले हालको हकमा पाँच मिनेटसम्म उमालेर सफा भाँडोमा चिसो गरेर राखेको पानी मात्र सेवन गर्न सल्लाह दिएका छौं ।' उनले हाल बजारमा पाइने बोतलबन्द पानी वा मिनरल वाटरसमेत रोगजनक कीटाणुबाट मुक्त नरहेको अवस्थालाई आंैल्याउँदै भने, 'नास्टको केही अघि गरिएको अनुसन्धानले समेत बजारमा पाइने धैरैजसो 'बोतल वाटर' मा हैजा लगायतका रोगजनक कीटाणु रहेको देखिएको कुरा बिर्सनु हुन्न ।'
हाल कीटाणु देखिएका रोगीहरूमा '०१ ओगावा', प्रजातिको हैजाको जीवाणु पाइएको उल्लेख गर्दै टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले भने, 'मुख्यतः प्रदूषित खाना र पानीले हैजा सर्ने देखिए पनि हामीकहाँ प्रदूषित पानी नै यो संक्रमणको मुख्य कारण भने हुन्छ ।'
गर्मीयामदेखि नै हैजा देखिन थाले पनि मनसुनको समय यो रोगको सबैभन्दा बढी प्रकोप देखिन्छ । डा. पुनका अनुसार यसबाट बाँच्ने सबैभन्दा राम्रो उपाय बाह्य, प्रदूषित खाद्यपदार्थ र पानी बाट टाढा रहनु हो । यो समय खानेपानी, खुला कुवा र हेन्ड पम्पको पानीसमेत उमालेर खानुपर्छ । पानीलाई क्लोरिन लगायतका रसायनले शुद्घीकरण गर्दा विशेषज्ञको सल्लाहअनुसार उनीहरूले बताएको प्रक्रिया अपनाएर समुचित उपयोग गर्नसमेत उनले सल्लाह दिए ।
उपत्यकामा एक दशकदेखि हैजा नियमितरूपमा बर्सेनि हैजाको संक्रमणलाई औंल्याउँदै डा. पुनले भने, 'खानेपानी, हाम्रो बानी व्यहोरा र सरसफाइको स्तरमा वृद्घ िनगरिए उपत्यकामा हैजा निरन्तरदेखि नै राखिनेछ ।'
डब्लूएचओका अनुसार बर्सेनि २२ लाख व्यक्तिको मृत्यु झाडा पखाला (हैजालगायत) ले हुन्छ जसमध्ये अधिकांश बालबालिका छन् । यो मृत्यु अधिकांशतः विकासोन्मुख मुलुकमा हुने गरेको छ ।  डब्लूएचओले ८८ प्रतिशत झाडापखालाको कारण असुरक्षित पानी, अपर्याप्त सरसफाइ र स्वच्छताको कमी रहेको जनाउँछ ।
डब्लूएचओकै तथ्यांकअनुसार सरसफाइमा सुधारले झाडापखाला (डाइरिया) ले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । यस्तै खानेपानीको गुणस्तरमा सुधारले ६ देखि २५ प्रतिशतसम्म झाडा पखालाबाट हुने मृत्युदर कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत सरसफाइ जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखालाका बिरामी कम गर्न सकिने डब्लूएचओले जनाउँदै आएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login