भर्खरै ‘राई इज किङ’ एल्बम सार्बजनिक गरेका गायक राजेशपायल राई सांगीतिक प्रस्तुती लिएर बिश्वयात्रामा निस्केका छन् । आफ्नो नयाँ एल्बम प्रर्बद्धनका लागि बिश्वयात्रामा निस्किएका राईले आइतवार हङकङमा कन्सर्ट गरेका छन् । यस्तै जुन १० मा स्वीजरल्याण्ड, जुन २५ मा बेल्जियम, जुलाई १० मा फ्रान्स र १२ सेप्टेम्बरदेखि अमेरिकामा कन्र्सट प्रस्तुत गर्ने तयारीमा छन राई ।
अधिकांश समय बिदेशमा बस्ने नेपालीले नेपाली नयाँ बर्ष तथा जातीय पर्वका बेला आयोजना गर्ने कार्यक्रममा सहभागी हुने राईले एकलरुपमा कन्र्सट लिएर बिश्वयात्रामा निष्कन लागेका हुन् । राईले नेपालीबहुल युरोपका अधिकांश स्थान र अमेरिका मुख्य शहरमा कन्र्सट देखाउने तयारी गरिरहेका छन् ।
पछिल्लो पुस्तामा सवै खाले गीत गाउनसक्ने एकमात्र गायक आफु भएको राईको दावी छ । उनले आफुलाई किङ भएको दावी गर्दै राई इज किङ एल्बम निकालेका छन भने अघिल्लो एल्बम ‘दर्शन नमस्ते’ र ‘राई इज किङ’ दुवै नामबाट बन्न लागेका चलचित्रमा अभिनय पनि गर्दैछन् ।










0 commentaires