काठको लिंग बनाइ झुक्याएरै गरिन् युवतीले युवतीसँगै यौनसम्पर्क

सुन्दा अचम्म लाग्न सक्ला, तर सङ्खुवासभामा एक युवतीले नक्कली केटा बनेर युवतीसँगै यौनसम्पर्क गरेकी छिन् ।मत्स्यपोखरी–४ की २४ वर्षीय लाक्पा शेर्पाले नक्कली लिंगको प्रयोग गरी मकालु–७ की १७ वर्षीय अमिसा राईसँग यौन सम्पर्क गरेको खुलासा भएको हो । फागुन २२ गते विवाह गरेका ती जोडीबीच सो अघि दुई पटक यौन सम्पर्क भयो । तर सुहागरात मनाउने समयमा ती केटीको चोरी समातियो । हाल उनी विरुद्ध अर्कीका परिवारले कारवाहीको माग गरेका छन् ।

शेर्पा र राईबीच मोवाइलमा आपसी सम्बन्ध बनेपछि शेर्पाले नक्कली केटा बनेर विवाह गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाह मात्र नभएर शेर्पाले नक्कली लिङ्ग प्रयोग गरी अमिसासँग २ पटकसम्म यौन सम्पर्क गरेकी थिइन् । नक्कली लिङ्ग काठको बनाएको र त्यसमा कण्डम लगाइएको बताइएको छ ।
प्रहरीले लिएको बयानअनुसार शेर्पाले राईलालाई विवाहको प्रस्ताव गरेपछि भगाएर आफ्नो मामाको घरमा लगेर राखेकी थिइन् । भगाएर लगेको दिन शेर्पाले मामाको घरमा शारीरिक सम्बन्ध गाँस्ने क्रममा राईला 12; शङ्का लागेपछि जाँच गर्ने क्रममा शेर्पा केटी भएको थाहा पाएकी थिइन् ।
यता आफूले केटा भनेर विवाह गरेको मानिस समान लिंगकै भएको थाहा पाएपछि राई भने हैरान भएकी छिन् । उनले आफुहरुबीच ३ महिनासम्म मोवाइलमा सम्पर्क भएको र भेट हुँदा पनि केटा नै जस्तो लागेकोले मन परेरै विवाह गरेको बताएकी छिन् ।
यता शेर्पा पनि तेस्रोलिङ्गी नभइ केटी नै भएको उनको पारिवारिक स्रोतले जनाएको छ । केटी भएको थाहा पाएपछि राईले शेर्पालाई कारवाहीको माग गदै खाँदबारी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login