काठमाडौ, जेष्ठ १५ - ठूलो नितम्ब मन पराउने महिलावृन्द, यो खबर सुखद् छैन । हेभी हिप्सले स्मरणशक्तिमा प्रभाव पर्छ । हेभी हिप्स भएका महिलाहरूको सोच्न/सम्भिmने शक्ति कमजोर हुन्छ ।
जर्नल अफ द अमेरिकन गेरियाटि्रक्स सोसाइटीमा प्रकाशित यो अनुसन्धानमा तीक्ष्ण मस्तिष्कका लागि उपयुक्त तौलको महत्त्वबारे उल्लेख छ । विशेषज्ञहरूका अनुसार कमर छेउछाउ तौल बढ्नाले क्यान्सर, मधुमेह र मुटु रोग हुने जोखिममा वृद्घि हुन्छ ।
उक्त अनुसन्धानमा के भनिएको छ भने नितम्बको आकार ठीकठीकै रह्यो भने, वा हिप धेरै तौलको भएन भने मस्तिष्क बढी सुरक्षित हुन्छ । महिलाको पेटछेउछाउ जम्मा हुने बोसोले ओस्ट्रोजोन हार्मोन बनाउँछ । यो हार्मोनको उत्पादन महिनाबारी रोकिएपछि कम हुन्छ । यो हार्मोन मस्तिष्कका लागि सहयोगी हुन्छ ।
उक्त अनुसन्धानमा ती महिलाहरूको स्मरणशक्ति सबैभन्दा बढी खराब पाइयो जसको कम्मर सानो र नितम्ब ठूलो थियो ।









0 commentaires