अस्पतालका रजिस्ट्रारमाथि हातपात, दुइ पक्राउ

चितवन -रत्ननगर),१५ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रजिष्ट्रार डा शिवजी पौडेलमाथि अज्ञात समूहले हातपात गर्दै ज्यान मार्ने धम्की दिएको छ । गएराति अस्पताल परिसरभित्रै मोटरसाइकल चढी आएका अज्ञात समूहले पौडेलमाथि हातपात गरेका हुन् । हातपातबाट उहाँ सकुशल रहन सफल भएको चितवन प्रहरीले जनाएको छ । ना.११.प ४३६ नम्बरको मोटरसाइकलमा आएका एक समूहले उहाँलाई हातपात गर्नाका साथै ज्यान मार्ने धम्की दिएका पौडेलको भनाइ उदृृत गर्दै प्रहरीले जनाएको छ । हातपातपछि उनीहरूले मोटरसाइकल छोडेर भागेका थिए । छाडिएको मोटरसाइकलका आधारमा दर्ुइजनालाई पक्राउ गरिएको छ । उनीहरूलाई अहिले वडा प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ । यसैबीच नेपाल स्वास्थ्यकर्मी सङ्घ क्यान्सर अस्पतालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ । सङ्घका सचिव रमेश पाण्डेले अस्पतालभित्र सुरक्षाको ग्यारेन्टी गरिदिन प्रशासनसमक्ष आग्रहसमेत गर्नुभएको छ ।
By: रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login