एसएलसी दिनेको पनि सुन्दरी प्रतियोगिता !


शहरमा सुन्दरी प्रतियोगिताको फेसन चलिरहेको छ । चालिसतिर पुगेका आमाहरु पनि सुन्दरी बन्ने होडमा छन एसएलसी दिएर बसेका १६ बर्षे छोरीहरु पनि सुन्दरी प्रतियोगिताको ताज जित्ने धुनमा ।

एसएलसी दिएर बसेका किशोरीहरुको ब्यक्तित्व बिकाशमा सघाउने भन्दै एक आयोजकले एसएलसी पि्रन्सेस प्रतियोगिता गर्न लागेका छन् । यसअघि मिस इकलेज र एअरहोष्टेस प्रतियोगिता गरिसकेका आयोजकले मंगलवार एसएलसी दिएर बसेका किशोरीलाई भेला पारेर अडिसन लिए । राजधानी र मोफसलबाट एसएलसी दिएर बसेका ३६ जना किशोरी छानिएका छन् । छानिएका युवतीहरुलाई प्रर्दशनीमार्गमा रहेको महेन्द्र पुलिस क्लबमा प्रशिक्षण दिन थालिएको छ । सो क्रममा उनीहरुलाई पौडी, फोटोसेसन, क्याटवाक, फिटनेस र ब्यक्तित्व बिकाश लगायतका बिषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ट्यालेन्ट सो असार ४ गते अन्तिम छनौट प्रतियोगिता असार ११ गते जमलस्थित नाचघरमा हुने छ । प्रतियोगिताको ताज बिजेताले ल्यापटप, मोवाइलसहित प्लस टु अध्ययनका लागि पूर्ण स्कलरसिप प्राप्त गर्ने बताइएको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login