पार्टीको बैठकमै मनाङेले हाने लात्ती र मुक्का


मनाङे पक्राउ, मुक्का खाने थारु अस्पतालमा 
काठमाडौं, ४ जेठ : बैठकमा आफ्नै पार्टीका नेतालाई मुक्का र लात्ती हानेपछि काठमाडौंका डनका रुपमा चिनिएका संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष दिपक मनाङ्गे पक्राउ परेका छन् । शान्तिनगरस्थित पार्टी कार्यालयमा मंगलबार बैठक चलिरहेको बेला मनाङेले पार्टीका जनसम्पर्क विभाग प्रमुख चन्द्रनारायण थारुलाई मुक्का र लात्ती हानेका थिए ।

 बैठकमा विवाद भएपछि उनले हातपात गरेका हुन् । कुटपिटगरेर कार्यालयबाट निस्किएका मनाङेलाई प्रहरीले गएराती ८ बजे ठमेलबाट पक्राउ गरेको हो । काठमाडौं गेष्टहाउस नजिकैबाट सादान पोशाकका प्रहरीले एक होटलबाट निस्कँदै गर्दा पक्राउ गरेको महानगरीय प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी निरीक्षक शिव सिंहले बताउनुभयो । कुटाईबाट घाइते भएका थारुलाई निजामति कर्मचारी अस्पतालमा भर्ना गरिएको छ । उनको नाक र कोखामा चोट लागेको प्रहरीले जनाएको छ । मनाङेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कार्बाही गर्ने प्रहरीले जनाएको छ । गतबर्षमात्रै जेलबाट रिहा भएका उनले पार्टीको आडमा गुण्डागर्दी गरिरहेको प्रहरीको भनाई छ । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login