कार उत्पादक कम्पनीले खोज्न थाले पेट्रोलको विकल्प


४ जेठ, नयाँ दिल्ली । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा आएको वृद्धिका कारण कार निर्माता कम्पनीहरू डिजेल र सीएनजी ग्यासबाट चल्ने सवारी साधनको निर्माणलाई जोड दिने पक्षमा देखिएका छन् ।
केही वर्ष अघिबाट नै विश्व जलवायु परिवर्तन र बढ्दो तापको कारण सवारी साधन र बढ्दो पेट्रोलियम पदार्थको प्रयोग रहेको स्वीकार गर्दै विश्वका ख्यातिप्राप्त कार निर्माता कम्पनीहरू इलेक्टि्रक कार, सौर्य ऊर्जाबाट चल्ने कारजस्ता ऊर्जाको प्रयोगबाट चल्ने सवारी साधन निर्माणमा पहल गर्दै आएका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने कारको विकल्पको रूपमा विश्व प्रख्यात कार निर्माताहरू लागेको भए पनि त्यस्तो प्रविधिलाई कार उपभोक्ताले एकाएक रुचाउने सम्भावना न्यून भएकाले कम इन्धन खपत हुने त्यसमा पनि ग्यास र डिजेलबाट चल्ने कारको निर्माणमा भारतीय कम्पनीहरूले जोड दिने भएका छन् भने कार उपभोक्ताहरू पनि खर्च कम गर्नका लागि त्यस्तो कार खरिद रुचाउन थालेको बताइएको छ ।
केही समय अधिदेखि डिजेल र ग्यासको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निकै बढेको छ । पेट्रोलियमको बढने क्रम जारी नै रहेका बेलामा पनि डिजेल र ग्यास जस्ता अत्यावश्यक कुरा भने न्यून आय भएका जनताको दैनिकीसँग पनि प्रत्यक्ष सरोकार राख्ने कुरा भएकाल त्यसको मूल्यमा खासै बढोत्तरी नभएकाले पनि कार उपभोक्ता डिजेल र सीएनजी ग्यासबाट चल्ने कार खरिदतर्फ आकषिर्त भएका हुन् ।
भारतमा गरिएको एक सर्भेक्षण अनुसार पट्रोलबाट चल्ने कुनै कार चढ्दा प्रति किलोमिटर चार रुपियाँ पचास पैसा खर्चिनुपर्ने उपभोक्ताले डिजेलबाट चल्ने कारको प्रयोग गर्दा एक रुपियाँ नब्बे पैसा र सीएनजी ग्यासबाट चल्ने कारको प्रयोग गर्दा एक रुपियाँ तीस पैसाले पुग्ने तथ्याङ्क सार्वजनिक भएको छ ।
 हाल निर्माण भएका कतिपय भारतीय कारमा पेट्रोल भन्दा डिजेल र ग्यासको खर्च कम मात्र नभएर माइलेजका हिसाबले पनि कम खर्चिलो हुने दाबी गरिएको छ । डिजेल इन्जिन र ग्यास इन्जिन भएका कारको मर्मत खर्च पेट्रोल इन्जिनभन्दा बढी रहँदै आएका बेफाइदा कम गर्नका लागि पनि कार निर्माताहरूले विशेष प्रयास थालेको बताइएको छ । भारतलगायत विश्वमै आर्थिक प्रगति राम्रो गर्न सफल राष्ट्रहरू चीन, ब्राजिल र रुसजस्ता मुलुकहरूमा पनि कार खरिदकर्ताको सङ्ख्या निकै बढेको कारण त्यसले विश्व जलवायुमा पार्ने नकारात्मक परिणामलाई ध्यानमा राख्दै कम इन्धनमा बढी माइलेज दिने र कम प्रदूषणयुक्त कारको माग बढ्दै जाने निश्चित छ ।
 जर्मन, जापानलगायत विश्वका कतिपय मुलुकहरूका सरकारले त प्रदूषण कम गर्ने खालको प्रविधि भएको कार निर्माता र त्यसका प्रयोगकतालाई समेत विशेष सहुलियत दिने नीति लिएको छ



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login