काठमाडौं, ४ जेठ सभासद्हरुले तोकिएको समयमा संविधान लेखन कार्य पूरा नगरेको भन्दै त्यसको बिरोधमा ६०१ सभासद्को श्राद्व गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँवानेश्वरस्थित संबिधान सभा भवन बाहिर श्राद्वको तयारी गर्दै गरेका बर्दियाका राकेश कुमार शर्मालाई महानगरीय प्रहरी वृत नयाँ वानेश्वरको पक्राउ गरेको हो । पक्राउ परेका शर्माले मासिक रुपमा ६०१ सभासद्को श्राद्ध गर्दै आएका छन । यसअघि शर्मालाई सभाद्को अपमान गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको थियो । पक्राउ शर्मालाई बानेश्वर प्रहरीले महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको छ ।
समाचार
»
बिचरा ! श्राद्व गर्न पनि पाएनन्
बिचरा ! श्राद्व गर्न पनि पाएनन्
Tags:
समाचार









0 commentaires