५२ वर्षपछि पुनर्मिलन


घनश्याम गौतम गुल्मी, जेष्ठ ४ - 'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए । चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ ।
२५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् ।
पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनले कोलकाता, सिलाङ र असममा जवानीका ३५ वर्ष बिताए । कतैबाट पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई त्यसपछि पनि घर जान मन लागेन । त्यसपछिका १७ वर्ष परिवारसँग सम्पर्कविहीन भएर पोखरामा बिताएको उनले बताए ।
पोखरानजिकै राम्दीको सुस्तमनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् ।
पहिला पैसा कमाउन नसकेपछि घर आउन मन लागेन,' घर र्फकन नसक्नुको पीडा पोख्दै किमबहादुरले भने, 'नेपाल आएपछि पनि पागलजस्तै भइयो र घर नै बिर्सिन थालियो ।' अहिले श्रीमती, छोरा र भाइसमेत खोज्दै पोखरामै पुगेकाले आएको उनले सुनाए ।  बेपत्ता बाबुलाई तम्घासकै भरत भलामीको सहयोगमा उनीहरूको परिवारले फेला पारेको हो । किमबहादुर पोखरामा रहेको र हाडहाडेकै हुन सक्ने भन्ने खबर पाएपछि छोरा सूर्य, आमा चन्दि्रका र साइँला बाबु दलबहादुर उनलाई भेट्न त्यहाँ पुगेका थिए । 'देख्नासाथ आमाले तेरो बाबु यिनै हुन् भनेपछि म एकैछिन बोल्न र हेर्न पनि सकिनँ,' सूर्यले भने ।
पाँच दशकभन्दा बढी समय जीवनसाथी बिनै बिताएकी चन्दि्रकाले खुसी व्यक्त गर्दै भनिन्, 'ढिलै भए पनि श्रीमान्सँग भेट हुन पायो ।' घर छाड्नासाथ सम्पर्कविहीन भएकाले यति लामो समयसम्म कतै खोज्न नसकिएको उनले बताइन् । पहिलो पटक पोखरा पुगेर बाबु भेटेका सूर्यप्रकाशले भने आफूलाई सपना हो कि विपनाजस्तो भएको बताए । 'म आफैं नातिनातिनाको हजुरबुबा भैसकें,' सूर्यप्रकाशले भने, 'देख्छुजस्तो लागेको थिएन तर अहिले सपना हो कि विपना छुट्टयाउनै गार्‍हो भएको छ ।' परिवारमा अहिले खुसीको कुनै सीमा नरहेको उनले बताए ।
भेट्नासाथ परिवारले उनीहरूलाई पोखरामै अबिर जात्रा गरेका थिए । 'दोस्रो विवाहजस्तै गरियो,' भाइ दलबहादुरले भने । किमबहादुरका दुई छोरा, ६ नातिनातिना र ३ पनातिपनातिना भइसकेका छन् । उनीहरू पोखराबाट सोमबार साँझ तम्घास आएको खबर पाएपछि हाडहाडेबाट त्यहीं भेट्न पुगेका आफन्तको होटलमै भीड लागेको थियो ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login