ठमेलबाट अपहरणमा परे अमेरिकी पर्यटक

काठमाडौं, १५ जेठ : नेपाल पर्यटन वर्ष २११ मनाईदै गर्दा राजधानीको पर्यटकीय केन्द्र ठमेलबाट एक अमेरिकी पर्यटक अपहरणमा परेका छन् ।अमेरिकी नागरिक जोन रोबर्टलाई नेपाली सेनाका कर्मचारी बताउने दुईजना अपरिचित युवाहरुले उनी बसेको ठमेलस्थित होटल ड्रीमबाट राति दुई बजेको समयमा अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।पर्यटक जोन विगत तीन महिनादेखि उक्त होटलमा बस्दै आएको होटलका सञ्चालक राजेन्द्र पोखरेलले बताए । पोखरेलका अनुसार होटल कर्मचारीले गेट खोलेलगत्तै आफूहरु नेपाली सेनाका कर्मचारी भएको बताउँदै होटल प्रवेश गरेका ती युवाले जोन बसेको कोठामा गई उनलाई नियन्त्रणमा लिएका थिए । होटल कर्मचारीले प्रतिरोध गर्न खोजेपछि अपहरणकारीले आफूहरु नेपाली सेनाको विशेष अनुसन्धान व्यूरोका सदस्य रहेको र पर्यटक जोन लागु औषध कारोबारी रहेकाले अनुसन्धानका लागि पक्राउ गर्न लागेको बताएका थिए । उनीहरुले पर्यटक जोनलाई भाडाको ट्याक्सीमा राखेर अज्ञातस्थलतर्फ लगेका थिए । अपहरणकारीले जोनको साथमा रहेको नगद तथा जिन्सी सामान भने लगेका छैनन् । घटनालगत्तै होटल कर्मचारीले खवर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले काठमाडौँका सबै नाका बन्द गरी अपहरणकारी र जोनको खोजी गरेपनि उक्त प्रयास सफल हुन नसकेको प्रहरीले बताएको छ । अपहरणको कसले र किन गर्‍यो भन्ने विषयमा भने थाहा हुन सकेको छैन । यसैबीच जोनको कोठाबाट सानो परिमाणमा लागु औषध गाँजा भेटिएको छ ।

by मेचीकाली   

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login