दुई बलात्कारीलाई सार्वजनिक स्थलमा झुन्डाएर मृत्युदण्ड

तेहरान, १५ जेठ : बालिकालाई बलात्कार गर्ने दुई जना दोषीलाई आज इरानमा एक सार्वजनिकस्थलमा झुन्डाएर मृत्युदण्ड दिइएको समाचार छ । इरानको सरकारी समाचार समिति इर्नाले आज जनाएअनुसार पी मोहम्मदी पास्तेरीजाह र ए नमाकी नामका ती दुईजनालाई आज इरानको पश्चिमी सहर केरमान्साहको एक सार्वजनिकस्थलमा झुन्डाइएको हो । एकजना नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप ती दुईजनामाथि लागेकामा अदालतबाट प्रमाणित भएपछि उनीहरूलाई यो सजाय दिइएको हो ।    मृत्युदण्डका लागि ती दुईजनालाई झुन्डाउन ल्याइँदा सो स्थानमा निकै ठूलो सङ्ख्याका नागरिकले हेरिरहेका थिए । उनीहरूले न्यायालयलाई धन्यवाद भनेर नाराबाजी पनि गरिरहेका थिए । एएफपीको एक तथ्याङ्क अनुसार सन् २०११ मा मात्र कम्तीमा पनि १४५ जनालाई इरानमा मृत्युदण्डको सजाय दिइएको छ ।     इरानले सो देशमा न्याय व्यवस्था र शान्तिसुरक्षा कायम राख्नका लागि मृत्युदण्डको कानुन आवश्यक रहेको बताउने गरेको छ ।

by mechikali.

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login