फेरिएको बेलायती शाही


विवाह
सन् १९०० सम्म बि्रटेनमा विवाह गर्ने शैली एकै थियो, प्रक्रिया त्यही थियो, राजनीतिक फाइदा या राज्य बढाउने उद्देश्य । राजकुमार या राजकुमारीले सामान्य परिवारको सदस्यसँग विवाह गर्नु निकै परको कुरा थियो । विवाहका लागि केटाकेटी दुवै राज 
खानदानको हुनुपथ्र्याे  । 
बेलायती राजपरिवारमा सबैभन्दा प्रसिद्ध विवाह इडवार्ड चौथोले एलिजावेथ उडभिल्लेसँग गरेकोलाई लिइन्छ । त्यस्तै राजकुमार अल्बर्टले सामान्य स्कटिसकी छोरीसँग गरेको विवाह अकर्ाे थियो । भनिन्छ- दोस्रो सन्तान भएकाले उनले आप\mना दाजु इडवार्डको भन्दा बढी स्वतन्त्रता प्रयोग गर्ने मौका पनि पाएका थिए  । महारानी खानदानी परिवारबाटै विवाह गरिने अपेक्षामा उनको विवाह सामान्य परिवारमा जन्मेकी एलिजावेथसँग गर्न उनलाई छुट भयो । जर्ज छैटाँैले गरेको यो सुरुवात त्यसपछि राजपरिवार सदस्यले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न छुट पाउँदै गए  । उनै राजा जर्ज छैटौँदेखि राजकुमार 
चाल्र्ससम्मको विवाहगाथा ः

जर्ज छैटौँ र महारानी एलिजावेथ भेट 
अल्बर्ट प|mेडरिक आर्थर जर्ज १४ डिसेम्बर १८९५ मा जन्मेका थिए । उनी देब्रे हातले लेख्थे । तर, अल्बर्टलाई दाहिने हातले लेख्न लगाइन्थ्योे । उनलाई १३ वर्षको उमेरमा सैनिक स्कुलमा अध्ययन गर्न पठाइएको थियो । उनी २१ वर्षको नहुँदै जुनियर अफिसर भएका थिए । १९२० मा उनको सामान्य परिवारकी सन्तान एलिजावेथसँग भेट भयोे । तीप्रति अल्बर्ट आकषिर्त भए । तर, एलिजावेथले तीनपटक प्रयासमा मात्रै अल्बर्टको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् । १९०४ मा जन्मिएकी एलिजावेथका रुचि बगैँचा सजाउने, घोडाचढी, पदयात्रा र माछा मार्नमा थियो । अल्बर्ट राजा नहुने भएकालेे मात्रै उनले प्रेम प्रस्ताव स्वीकार गरेको बताइन्छ । तर, पछि उनै अल्बर्ट संयोगबस राजा हुन पुगे । एलिजावेथको बाल्यकाल स्कटल्यान्डमा बितेको थियो । 

विवाहमा के-के भयो ?
अल्बर्ट र एलिजावेथको विवाह २६ अपि्रल १९२३ मा भएको हो । यी दुईबीचको विवाहले शाही परम्परा तोडेको थियो । विवाह दरबारको पूजाघरमा नभई वेस्टमिन्टर गिर्जाघरमा गरियो । त्यसले हजार वर्षदेखिको शाही परम्परा तोडियो । त्यसको मुख्य कारण पहिलो विश्वयुद्धको पीडा जनतामा कम गर्न गरिएको बताइन्छ । त्यो विवाह आममानिसका लागि पनि खुला थियो । विवाहपछि त्यो जोडी हनिमुन मनाउन स्कटल्यान्ड र सुरे गएको थियो । 
सन् १९३६ मा अल्बर्ट आफ्ना दाजुले दुईपटकसम्म छोडपत्र गरेकी महिलालाई विवाह गर्न लिएको जिद्दीका कारण राजा हुन पुगे । उनी राजाका रूपमा प्रशिक्षित थिएनन् तैपनि उनले कडा मिहिनेत गरेर त्यो भूमिका राम्रोसँग निर्वाह गरे । सन् १९५२ मा फोक्सोको क्यान्सरबाट उनको मृत्यु भयो । उनी अत्यधिक चुरोट पिउँथे । उनको मृत्युपछि एलिजावेथले आप\mना सौखहरू जस्तो घोडचढी बगंैचा रेखदेखमा लगाइन् । उनको २००२ मा एक सय एक वर्षको उमेरमा मृत्यु भयो । उनै राजा जर्ज छैटौँको विषयमा बनेको 'द किङ्स स्पिच'ले  विश्वभरि उनको जीवनबारे जान्न थप रुचि बढायो । ओस्कारमा सो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पनि हात पार्‍यो । 

महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिप कसरी जुर्‍यो भेट ? 
राजकुमारी एलिजावेथ द्वितीयको जन्म २१ अपि्रल १९२६ मा भएको थियो । उनी जर्ज छैटाँै र एलिजावेथकी पहिलो सन्तानका रूपमा जन्मिएकी थिइन् । उनको शिक्षा-दीक्षा घरमै भयो । दोस्रो विश्वयुद्ध चलिरहेको समयमा बमबारीबाट बच्न उनी र बहिनी मार्गेट विन्डसोर क्यास्टल बस्न गए । बाबुआमा भने बकिङ्घम राजदरबारमै थिए । 
फिलिप माउन्टवटेन १९२१ मा ग्रीक आइल्यान्डमा जन्मेका थिए । ग्रीसका राजकुमार एन्ड्रयु र राजकुमारी एलिज उनका आमाबुबा थिए । उनको बाल्यकाल प|mान्समा बिते पनि १९२८ मा उनी लन्डन आएका थिए । 
उनी स्कटल्यान्डको गोर्डेनस्टाउन बोर्डिङ स्कुलमा अध्ययन गरेपछि बेलायती नौसेनामा भर्ती भए । त्यसपछि सक्रिय भएर दोस्रो विश्वयुद्धमा भाग पनि लिए । एलिजावेथ र फिलिपको १९३४ मा एक विवाह समारोहमा पहिलोपटक भेट भएको थियो । त्यसको पाँच वर्षपछि १९३९ मात्रै उनीहरूको दोस्रोपटक भेट भयो । यो भेट भने अलि फरक थियो । दुवै एक-अर्कातिर आकषिर्त भए अनि चिट्ठी आदान-प्रदान गर्न पनि सुरु भयो । उनीहरूले १९४६ मै सुटुक्क विवाह गरिसकेका थिए । तर, औपचारिक घोषणा भने अपि्रल १९४७ मा गएरमात्रै गरियो, त्यतिवेला एलिजावेथ २१ वर्ष लागेकी थिइन् । 

विवाहको दिनमा के भयो ? 
वेस्टमिन्टर गिर्जाघरमा एलिजावेथ र फिलिपको  विवाह गरिएको थियो । त्यो दिन दुई हजार अतिथि आमन्त्रण गरिएको थियो । विवाह समारोहलाई रेडियोबाट प्रत्यक्ष प्रसारण गरियो । त्यसवेला दुई अर्ब मानिसले त्यो समारोहलाई प्रत्यक्ष सुनेको बताइएको छ । विवाहमा दुई हजार पाँच सयभन्दा बढी उपहार जम्मा भएको थियो भने १० हजारभन्दा बढी शुभकामना टेलिग्राम्स प्राप्त भएको थियो । विवाहलगत्तै विवाहित जोडी बकिङ्घम राजदरबारमा गई सर्वसाधारणलाई बाल्कोनीबाट शाही चुम्बन दिएका थिए । उनीहरूले विवाहको पहिलो रात ब्रोडल्यान्डमा -जहाँ फिलिपको अंकलको घर थियो) बिताएका थिए । उनीहरू हनिमुनका लागि बलमोरल राज्यको बिर्खल पुगेका थिए ।  

विवाहपछिको जीवन  
विवाहको एक वर्षपछि सन् १९४८ मा यी दुईको पहिलो सन्तानका रूपमा युवराज चाल्र्स जन्मिए । त्यसपछि राजकुमार आन्नीको १९५० मा जन्म भयो । १९५२ मा आप\mना पिता जर्ज छैटौँको फोक्सोको क्यान्सका कारण मृत्यु भएपछि एलिजावेथ बेलायती महारानी बनिन् । सन् १९५३ मा वेस्टमिन्टर गिर्जाघरमा उनको राज्याभिषेक भयो ।  त्यो समारोहलाई बिबिसीले विश्वभरि प्रत्यक्ष प्रसारण गर्‍यो । सन् १९६० मा राजकुमार एन्ड्रयुको तेस्रो सन्तानका रूपमा जन्म भयो अनि इडवार्ड त्यसको चार वर्षपछि चौथो र अन्तिम सन्तानका रूपमा जन्मे । दशकाँैदेखि महारानी एलिजावेथले एक सफल महारानीका रूपमा भूमिका निर्वाह गर्दै आइरहेकी छन् । राजकुमार फिलिपले कहिलेकाहीँ दिमाग बढी प्रयोग गरेका कारण चर्चित हुने गरेका छन् । राजकुमार विलियमले हजुरबुबाले आफूलाई चित्त दुख्ने गरी अनावश्यक सल्लाह दिएको प्रतिक्रिया दिएका थिए ।

राजकुमार चाल्र्स र डायना भेट 
१९४८ मा बकिङ्घम राजदरबारमा जन्मिएका चाल्र्स महारानी एलिजावेथ द्वितीयका पहिलो सन्तान हुन् । उनले स्कटल्यान्डको गोर्डेन्स्टनमा अध्ययन गरेका हुन् । चाल्र्सले सन् १९६७ देखि १९७० सम्म क्याम्बि्रज विश्वविद्यालयमा पुरातत्त्व र मानवशास्त्र पनि अध्ययन गरे । उनले जेट पाइलटको पनि तालिम लिए र नौसेनामा भर्ती भए । 
चाल्र्सले डायनालाई १९७७ अल्थ्रोप राज्यमा भेटेका थिए, जहाँ डायनाको परिवार बस्थ्यो । तर, उनीहरूबीचको सम्बन्ध १९८० मा बन्यो । मिडियामा व्यापक चर्चा भएपछि उनीहरूबीचको सम्बन्ध २४ फेब्रुअरी १९८१ मा औपचारिक रूपमा 
सार्वजनिक गरियो । 

विवाहको दिन 
विवाहको दिन आप\mना राजकुमार र लेडी डायनालाई हेर्न करिब ६ लाख मानिस सडकमा ओइरिएका थिए । सेन्ट पाउल गिर्जाघरमा भएको समारोहमा तीन हजार पाँच सय पाहुना सहभागी थिए । टेलिभिजनबाट यो जोडीको विवाह हेर्नेको संख्या करिब सात अर्ब ५० करोड थियो । विवाहपछि परम्परालाई निरन्तरता दिँदै चाल्र्स र डायना राजदरबारको बाल्कोनीबाट 
सर्वसाधारणलाई चुम्वन दिएका थिए । उनीहरूको हनिमुन विशेष थियो । यी जोडीले शाही पानीजहाज बि्रटानियामा १२ दिने यात्रा गरेका थिए ।

विवाहपछिको जीवन  
विवाहपछि राजकुमारी डायना शाही परिवारको काममा सक्रिय भइन् । विवाहको एक वर्षभित्रै १९८२ मा राजकुमार विलियमको जन्म भयो । १९८४ मा राजकुमार ह्यारीे जन्मे । डायनाले बेलायती जनताका लागि गरेको समाजसेवाले छिट्टै लोकपि्रय भइन् । उनले एड्स र सामाजिक विकृतिविरुद्धमा काम गरिन् ।  चाल्र्स र डायनाबीचको वैवाहिक जीवन राम्रै चलिरहेको थियो । उनीहरू कैयाँै मुलुकको भ्रमण सँगै गरे । तर, ८० को अन्त्यतिर उनीहरूको विवाद बढ्दै गयो र त्यो विवाद सार्वजनिकसमेत हुन थाल्यो । १९९२ मा गएर त प्रधानमन्त्री जोन मेजरले औपचारिक रूपमै घोषणा गरे- चाल्र्स र डायना छुट्टनिे निर्णय गरेका छन् । ३१ अगस्ट १९९७ मा डायनाको कार दुघर्टनामा मृत्यु भयो । लाखौँ मानिस उनको अन्तिम बिदाइमा सहभागी भए । त्यति मात्रै होइन पूरै विश्व उनको मृत्युले स्तब्ध भयो । 
सन् २००५ मा चाल्र्सले पुनः क्यामिलासँग विवाह गरेका छन् । सन् १९७० मा पोलो म्याचमा भेटिएका यी जोडी सुरुमा राम्रा साथी हुँदै प्रेमी-प्रेमिका भएका हुन् । क्यामिलाका पनि चाल्र्ससँगको यो दोस्रो विवाह हो । 
चाल्र्सका र डायनाका पहिलो सन्तान चाल्र्सको यही अपि्रल ११ प्रेमीका केट मिडिलटनसँग विवाह हुँदै छ । 
बिबिसी
अनु : प्रमिला











source-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login