अञ्जुको सम्बन्ध बिच्छेद !


अहिलेकी सुपरहिट गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच खटपटका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग वारपारको झगडा गरेका खबरले संचारमाध्यम तातिरहे पनि यससलाई बजार हल्ला ठान्दै नपत्याउनेहरु धेरै थिए ।
तर, उनीहरुबिच लामोसमयदेखि चल्दै आएको असझदारी अब सम्बन्धबिच्छेदमै पुग्ने भएको छ । करिव एक महिनाअघि झगडा भएपछि मनोजले अञ्जुलाई मरणासन्न हुने गरि पिटे । त्यसपछि माइत गएकी अञ्जु अहिलेसम्म मनोजको घर फर्किएकी छैनन् ।
उनका पति मनोजराजका अनुसार अञ्जुले मनोजको फोनकल उठाउँदिनन् भने एसएमएसको पनि रेस्पोन्स गरेकी छैनन् । स्रोतका अनुसार अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।
मनोजले आफ्नो चरित्रका बारेमा अनाबश्यक शंका गर्ने गरेको र त्यसले सधै घरझगडा भई सँगै बस्न नसक्ने अबस्था सिर्जना भएकाले सम्बन्ध बिच्छेद गर्नुपरेको अञ्जुले आफ्ना निकटवर्तीहरुलाई बताउने गरेकी छन् । जसले गर्दा मनोज र अञ्जुकी ९ बर्षिया छोरीको भबिष्यसमेत अन्यौलमा परेको छ ।
मनोजले भने आफुले अञ्जुलाई अति नै माया गर्ने कारण हरपल सँगै रहोस भन्ने चाहाना राखेको तर त्यसले अञ्जुको ब्यक्तिगत जीवनमा डिष्टर्व भएकाले झगडा हुने गरेको बताउँछन् । कान्तिपुर साप्ताहिकलाई हालै दिएको अन्र्तवार्तामा उनले रिसाएपछि हातै छोड्नु आफ्नो गल्ती भएको बताएपनि आफ्नो सम्बन्ध अञ्जुसित पुनः जोडिने बिषयमा भने यकिनसाथ भन्न नसक्ने बताएका छन् ।
कुनैबेला करिअर बनाउन संर्घष गरिरहेका दुवै संगीतकर्मीले मन मिलेर बिबाह गरेका थिए । तर, पछिल्लो सयममा अञ्जुको लोकपि्रयता ह्वात्तै बढ्यो, मनोजको सांगीतिक करिअर सपि्रन सकेन् । ब्यस्ततामात्रै हैन अञ्जुको बिदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अञ्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा डिप्रेस्ड देखिने गरेको उनका साथीहरु बताउँछन् ।
भूमिका श्रीमान श्रीमति भएपनि मन दुई किनारा पुगेपछि अन्ततः दुवैले सम्बन्धबिच्छेदको बाटोलाई रोजेको बताइएको छ । मनोज भन्छन-’उनको खुसीका लागि म जे पनि गर्न तयार छु, डिभोर्स पनि । म भिन्नै ढंगबाट जीउने प्रयास गर्दैछु ।’


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login