हुम्ला, चैत्र १९ - हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट देखि सात कोष पश्चिम ठेहे गाउँ विकास समितिको मानेचौरमा वेवारिसे बम विस्फोटहुँदा शुक्रबार दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठेहे गाविस वडा नम्बर-३ निवासी चक्रबहादुर बोहोराकी ७ वर्षीया छोरी रस्मीता बोहोरा र कर्ण बोहोराको ८ वर्षीय छोरा मानबहादुर बोहोरा रहेका छन् । मृतक बालबालिकाको लास क्षत विक्षेत अवस्था फेला परेको र विस्फोट भएको स्थानम बमका कुनै टुक्रा फेला नपरेको प्रहरीले वताएको छ ।
बम पडकेको अवस्थामा अन्य कुनै व्यक्ति नभएकाले विस्तृत जानकारी पाउन नसकेको प्रहरीले वताएको छ । मृतक बालबालिकाको शा पोष्टमार्टमका लागी शनिबार सदरमुकाम ल्याउन लागेको निमित्त प्रहरी नायब उपरीक्षक खडगबहादुर भण्डारीले बताए ।
त्यस्तै,सदरमुकाम सिमकोट गाउ विकास समिति वडानम्बर ९ हिल्दुम गाउमा एक महिलाको मृत अवस्थाको लास फेला परेको प्रहरीले जनाएको छ ।
धिरबहादुर शाहीकी श्रीमती गोरीकला शाहीको लास शुकबार आफनै घरमा मृत अवस्थामा फेला परेको हो । श्रीमानको मृत्यु भैसकेकाले घरमा एक्लै वस्दै आएकी शाही मृत अवस्थामा फेला परेको बुहारी कला शाहीले मौखिक जानकारी गराएकाले आवश्यक अनुसन्धान भैरहेको निमित्त प्रनाउ भण्डारीले बताए । मृतक शाहीको लास पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।
source:-ekantipur









0 commentaires