राजतन्त्रबारे निर्णय गर्न जनतालाई दिनुपर्छः ज्ञानेन्द्र


१९ चैत्र, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्रबारे जनतालाई नै निर्णय गर्न दिनु पर्ने बताएका छन् । शुक्रबार राति अबेर काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नी सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अझै पनि राजाको रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाइ नै निष्पक्षर स्वतन्त्र अवसर दिनु पर्छ ।’
आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको भन्दै उनले भविश्यमा पनि त्यस विपरित नजाने बताए । उनले आफू पनि यो देशको नागरिक भएकोले आफ्नो विचार, चिन्ता र चासो पनि एउटा आम नेपाली नागरिकको भन्दा फरक नभएको बताए । पूर्वराजा ज्ञानेन्द्रले नागरिकका रुपमा आफू मुलुकको अवस्थाप्रति चिन्तित रहेको वताए । वर्तमान समयमा देश इतिहासको सबैभन्दा कठिन घडीबाट गुज्रिरहेको कुरा कसैबाट नछिपेको भन्दै उनले महान आवश्यकतामा आफ्नो जिम्मेबारी पुरा गर्नका लागि कसैले लाज मान्न नहुने बताए ।
अन्तराष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सत्ता हातमा लिएर गल्ती गरेजस्तो लाग्दैन भन्ने जिज्ञासामा पूर्व राजाले आफूले लिएको पहलकदमी देशको हितमा थियो भन्नेमा आफू विश्वस्त रहेको बताए । आफ्नो उद्देश्य जनतालाई बुझाउन आसफल भएको स्वीकारेका पूर्व राजा ज्ञानेन्द्रले त्यसका लागि आन्तरिक र बाहृय सहयोग नपाएको गुनासो गरे ।
वर्तमान अवस्थामा देशको अखण्डता, सार्वभौमिकता र एकतामा कतै सम्झौता भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा पूर्व राजाले प्रत्येक नेपाली देशभक्त भएका कारण देश बचाउन सबै तयार रहेको बताए । देश बिखण्डित भएको र समाप्त भएको कल्पना गर्न पनि नसकिने भन्दै उनले नेपाली जनतामा पूर्ण विश्वास रहेको पनि वताए । विगतमा पनि यस प्रकारका खतराहरु टार्न सफल भएका कारण नेपालीहरु एक रहे सम्म कसैले केही गर्न नसक्ने उनको भनाइ थियो ।
राजतन्त्र विस्थापित भएपछि नेताहरु असफल भएकोमा तपाईलाई खुसी लागेको होलानी भन्ने प्रश्नमा पूर्व राजाले कुटनीतिक जवाफ दिए । जिम्मेवारी पाएकाहरुले आफ्नो जिम्मेवारी मिलेर पुरा गर्नु पर्ने भन्दै उनले नेताहरुले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरु पुरा गरेमा आफू सबैभन्दा खुसी हुने वताए । आफू सहित सवै नेपालीको चाहना सम्मान सहित सुरक्षित वातावरणमा बाँच्न पाउनु तथा समृद्ध र शान्त नेपाल हेर्नु रहेको बताए ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login