१९ चैत्र, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट विभिन्न स्थानबाट पुराना मूर्ति चोरी गर्नेहरूलाई शनिबार प्रहरीले मूर्तिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धिलामा, रामबहादुर तामाङ र मानबहादुर लामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहान नयाँ बसपार्कमा विभिन्न देवी देवताको मूर्तिको मोलमोलाई गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्तका प्रमुख दीपक थापाका अनुसार उनीहरूले ती मूर्तिहरू धेरै पैसा पाउने आशामा चोरी गरेको बयान प्रहरीसमामु दिएका छन् ।
मूर्तिहरू बेच्न लागिएको भन्ने विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires