गुणकारी हुन्छ ओखर

काठमाडौ, चैत्र १९  - हामीमध्ये धेरै जना ओखर खान मन लागे भाइटीका नै पर्खन्छौं । तर त्यसो गर्नु बुद्धिमानी नहुने रहेछ ।  ड्राइप|mुट्समध्ये ओखरमा एन्टिअक्सिडेन्टको मात्रा सबैभन्दा बढी हुन्छ । हरेक दिन खानपानमा यसलाई सामेल गर्नुपर्ने आवश्यकता वैज्ञानिकहरू औंल्याउँछन् । 


पेन्सिलभेनियाका स्क्रयान्टान विश्वविद्यालयका जो बिन्सन भन्छन्, 'ओखरमा सानो र हाडेबदाम, पिस्ता र अन्य ड्राइप|mुट्सको तुलनामा बढी एन्टिअक्सिडेन्ट हुन्छ ।' उनका अनुसार स्वास्थ्यलाभका लागि दिनहँु सातवटा ओखर खानुपर्छ । 



'एक मुठी ओखरमा अन्य ड्राइप|mुट्सभन्दा करिब दोब्बर एन्टिअक्सिडेन्ट हुन्छ,' बिन्सन भन्छन् । उनका अनुसार उनले गरेको अध्ययनको  परिणामले सबै परिवारले खानपानमा ओखर सामेल गर्नैपर्ने आवश्यकता देखाउँछ ।


ओखरमा पाइने एन्टिअक्सिडेन्ट भिटामिन 'ई' जस्तै गुणकारी हुन्छन् । एन्टिअक्सिडेन्टले शरीरमा भएका प्राकृतिक रसायनलाई नष्ट हुनबाट रोक्छ, हामीलाई रोग लाग्नबाट बचाउँछ । 



बिन्सनका अनुसार ड्राइप|mुट्समा प्रोटिन उच्च मात्रामा हुन्छ । भिटामिन, खनिज तत्त्व र रेसा पनि बढी हुन्छन् । विभिन्न समयमा गरिएका अनुसन्धानले के स्पष्ट पारेका छन् भने ओखर, बदामजस्ता ड्राइप|mुट्सले मुटुरोग, क्यान्सर, मधुमेह र अन्य रोगको जोखिम कम गर्छन् ।




source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login