काठमाडौ, चैत्र १९ - भनिन्छ, जुन दिन तपाईं आफूलाई बूढो सम्झन थाल्नुहुन्छ त्यही दिनदेखि पाको देखिन थालिहाल्नुहुन्छ । यो कुरा महिलाका पक्षमा शतप्रतिशत सत्य मानिन्छ । नयाँ अध्ययनअनुसार धेरैजसो महिला टाउकाका एक/दुई रौं सेता हुनासाथ आफूलाई बूढी ठान्न थाल्छन् । भलै ती २९ वर्षका मात्र होऊन् । तर पुरुषहरू भने उमेरमा ६० को छेउछाउ पुगेपछि बल्ल आफू पाको हुँदै गएको स्विकार्छन् ।
हाम्रो समाजमा महिलालाई आकर्षक देखिनु अत्यन्त महत्त्वपूर्ण छ। ल्यानकेस्टर विश्वविद्यालयका मनोवैज्ञानिक क्यारी कुपर भन्छन्, 'उनीहरू त्यतिखेर आफूलाई पाको ठान्न थाल्छन्, जब उनीहरू ट्रेन्डी वा फेसनेबल रहँदैनन् ।' तर पुरुषहरू हेर्नमा जस्तोसुकै भए पनि ५९ वर्ष नपुगी आफूलाई बूढो मान्न तयार हुन्नन् । तर कपाल फुल्न सुरु गर्दै आफूलाई बूढी सम्झने महिलाहरूको संख्या एक चौथाइ हुन्छ । १० प्रतिशत महिला शरीरको छाला कान्तिहीन भएपछि र ५० प्रतिशत महिला आमा बनेपछि आफूलाई बढी उमेरको ठान्न थाल्छन् ।

बुढ्यौलीको मामिलामा पुरुषहरूका विचार महिलाहरूको भन्दा फरक छ । यसबारे गरिएको अनुसन्धानअनुसार दुईतिहाइ पुरुष यौनक्षमतामा कमी आउन थालेपछि आफूलाई बूढा मान्न सुरु गर्छन् । २२ प्रतिशतले चाहिँ आफूलाई त्यतिखेर पाको ठान्न थाल्छन् अरे जति खेरदेखि उनीहरूलाई सुमधुर संगीत पनि कर्कश लाग्न थाल्छ ।धेरै खुसी बुढ्यौलीमै
सामान्यतः के मानिन्छ भने युवावस्था मानिसका लागि सबैभन्दा सुनौलो समय हो । तर नयाँ अध्ययनले बूढो भएपछि मात्रै कुनै पनि मानिसलाई सबैभन्दा बढी खुसी मिल्ने दाबी गरेको छ ।
अनुसन्धाताहरूका अनुसार हाम्रो जीवनमा खुसीको स्तर प्रौढावस्था -मिडिल एज) पार गरेपछि बढ्न थाल्छ । ८० वर्षको उमेरमा त्यो चरममा हुन्छ । प्रौढावस्थापछि जिम्मेवारी कम हुन्छ, परिपक्वता आउँछ । आफूलाई कुन कुराले सबैभन्दा बढी आनन्द दिन्छ भन्ने थाहा हुन्छ ।
खुसीको अनुभूति उमेरमा देखिने वृद्घसिँगै बढ्न लाग्छ । अनुसन्धाताहरूका अनुसार राम्रो स्वास्थ्य, स्थायी आम्दानी र परिवारका सदस्यहरूसँग राम्रो सम्बन्धसँगै मानिसको जीवनमा खुसी दोब्बर हुन्छ ।
source:-kantipur

0 commentaires