दाइजो नपाएपछि विवाह रद्द गर्ने युवा पक्राउ


सरकारले सामाजिक व्यवहार सुधार ऐन, २०३३ सालमै ल्याए पनि मोरङमा दाइजो माग गर्नेमाथि पहिलोपटक कारबाही हुन लागेको हो

मोहन भट्टराई मोरङ, १९ चैत मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने सुनसरीका एक युवालाई जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरी कारबाही सुरु गरेको छ ।
सुनसरी सत्तेरझोडा-९ का मनोज उराव र मोरङ सिसवनी बडहरा-७ की मनवती उरावबीच २० फागुनमा विवाह छिनिएको थियो । तर, एक लाख दाइजो नदिएको भन्दै विवाह बहिष्कार गरेपछि प्रशासनले उनलाई पक्राउ गरेको हो ।
सरकारले सामाजिक व्यवहार सुधार ऐन, २०३३ सालमै ल्याए पनि मोरङमा दाइजो माग गर्नेमाथि पहिलोपटक कारबाही हुन लागेको हो । 'मेरो जानकारीमा आएसम्म यो नेपालमै पहिलो घटना हुनसक्छ,' सहायक प्रजिअ सुरेन्द्र पौडेलले भने । अहिलेसम्म दाइजोपीडित कसैले पनि उजुरी नदिएका कारण यसबारे कुनै कारबाही हुन नसकेको बताउँदै अहिले भने पीडितको उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढेको सहायक प्रजिअ पौडेलले बताए ।
पीडित मनवतीका बुबा किशनलाल उरावका अनुसार २० फागुनमा विवाह पक्का भएपछि मनोज र उनका बुबा बसनाले ३० हजार रुपैयाँ तिलक -बैना) लगेका थिए । विवाहको तिथि पक्का भएपछि केटी पक्षकाले खर्चको जोरजाम तयारी सुरु गरेका थिए । सम्पूर्ण तयारी पूरा गरी बरियात लिएर आउने दुलाहाको प्रतीक्षामा बसेका उराव परिवार र इष्टमित्र साँझसम्म दुलाहा नआउँदा निराश बनेका थिए । 'साँझसम्म केटा पक्षका कोही नआएपछि फोन गर्दा केटा भाग्यो भन्ने खबर आयो,' मनवतीका बुसा किसनले भने, 'त्यसपछि साँचो कुरा बुझ्न मान्छे पठाउँदा पनि भेटिएन ।' त्यसको भोलिपल्ट केटाले फोन गरेर आफूलाई दाइजो नपुगेको बताउँदै एक लाख दिने भए मात्र बिहे गर्ने बताएका थिए ।
'पहिले तिलक -बैना) ३० हजार लगेपछि दाइजोको नाममा केही पनि चाहिँदैन भनेको मान्छेले लाख रुपैयाँ मागेपछि यसले छोरी पाल्दैन भन्ने लाग्यो,' किसनले भने । त्यसपछि गाउँलेसँग सल्लाह गरी उसलाई लाख रुपैयाँ दिने भनी बोलाएको उनले बताए । 'ऊ सुनसरीबाट हिँड्यो भन्ने निश्चित भएपछि हामीले पुलिसलाई खबर गर्‍यौँ,' किसनले बताए, 'लाख रुपैयाँ मागेपछि हामीजस्ता गरिबले कहाँबाट ल्याउनु ?'
प्रहरीको सहयोगमा जिल्ला प्रशासन मोरङले मनोजलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पीडितले विवाहमण्डप बनाएको, पाहुनालाई खाना खुवाएको, तरकारी, लत्ताकपडालगायतको खर्च पाउनुपर्ने दाबी गरेका छन् । उनीहरूले सम्पूर्ण खर्चबापत सात लाख ६ हजार पाँच सय रुपैयाँ भराइदिन प्रशासनमा उजुरी दिएका छन् ।

पीडित मनदेवीले आफूजस्तै अरू गरिबका छोरीको विवाह नरोकियोस् भनेर कारबाहीका लागि उजुरी दिएको बताइन् । 'दहेजकै कारण अरूको पनि बिहे नरोकियोस्,' मनवतीले भनिन् । गाउँ-घरमा अझै पनि धेरै चेली दाइजो दिन नसकेर बिहे नगरी बसेको उनले सुनाइन् । उनीहरू शिक्षाको अभावमा डरले उजुरी दिन नआएको उनको भनाइ छ ।






source:-nayapatrika



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login