१९ चैत, काबुल । धार्मिक ग्रन्थ कुरान जलाएको बिरोधमा उत्रिएका मुस्लिम प्रर्दशनकारीहरुले शुक्रबार राष्ट्रसंघ कार्यालयमा आक्रमण गर्दा ५ नेपाली सुरक्षागार्डसहित कम्तीमा ८ जना बिदेशी नागरिकको मृत्यु भएको छ ।
बिबिसीका अनुसार मजारे-सरिफस्थित राष्ट्रसंघ कार्यालयमा छिरेर प्रर्दशनकारीले सुरक्षागार्डमाथि गोली चलाएका थिए । अफागानिस्तानमा रहेको राष्ट्रिसंघीय सहयोग नियोगका प्रवक्ता ड्यान मार्कटनले घटनाको पुष्टी गरेका छन् ।
मारिने नेपालीहरुको पहिचान खुल्न सकेको छैन् । अफगानिस्तानमा नेपाली नियोग नभएकाले पाकिस्तानस्थित दूतावासले हेर्दै आएको छ । अफगानिस्तानमा मूलत सुरक्षाक्षेत्रमा करिव २५ हजार नेपाली कार्यरत रहेको बताइएको छ ।
अघिल्लो महिना अमेरिकाको फ्लोरिडास्थित एक चर्चका पादरीले स्लामिक धार्मिक ग्रन्थ कुरान जलाएको बिरोधमा अफगानिस्तानमा रहेको राष्ट्रसंघीय कार्यालय र अमेरिकी दूतावासअघि त्यहाँका नागरिकले प्रर्दशन गरिरहेका छन् ।
source:-onlinekhabar









0 commentaires