१८ चैत, काठमाडौँ । चीनको जोनवे अटो कम्पनीद्वारा नेपाल पर्यटन वर्ष- २०११ को अवसरमा चीनको स्वशासित क्षेत्र ल्हासादेखि काठमाडौँसम्मको जोनवे युफओ ए-३८० मोटर र्याली चैत २० गते काठमाडौँ आइपुग्ने जनाइएको छ ।
नेपाल पर्यटन वर्ष- २०११ अङ्कित भएको उक्त र्यालीमा चीनका प्रतिष्ठित सञ्चारकर्मी नेपालको तातोपानी नाकाबाट काठमाडौँ आउने र त्यसपछि नारायणगढ, सौराह, पोखरा लगायतका क्षेत्रहरूमा पर्यटन प्रचारात्मक ब्यानर बोकेर जाने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा कन्सट्यान्ट बिजिनेस ग्रुपले आयात गर्दै आएको जोनवे गाडीहरू चीनको निर्यातस्तरको सवारी साधन रहेको बताइएको छ । चीनको प्रमुख अटोमोबाइल्स कम्पनीको सक्रियतामा हुने यस र्यालीले आˆनो उत्पादनको प्रचारका अतिरिक्त नेपालको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।
source:-onlinekhabar









0 commentaires